Posts

Showing posts from May, 2016

मेरी आमाले कहिल्यै काम गर्नुभएन

— बोनी स्मिथ याकेल अनुवादः महेश पौड्याल “हजूर, यो कहाँ प¥यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो....मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको .... त्यो खै के भन्छ....त्यो के पो... रकमको चेक पाउन सकिन्छ कि भनेर बुझ्न भनिएको छ ।” “हजुर, मैले बुझें । तपाईकी आमाको नाम सामाजिक सुरक्षा कार्यालयमा दर्ता थियो? कति थियो उहाँको उमेर?” “हजुर....थियो । उहाँ अठत्तर हुनुहुन्थ्यो ।” “उहाँको दर्ता नम्बर थाहा छ?” “हजुर, थाहा भएन । त्यो अफिसको रिकोर्डमा होला ।” “छ, यहाँ त अवश्यै हुन्छ । म हेरिहाल्छु । उहाँको नाम?” “स्मिथ । मार्था स्मिथ । मार्था रुथ स्मिथ पो लेख्नुहुन्थ्यो कि क्या हो! कहिलेकाहीँ त विवाहपूर्वको नाम...मार्था जेराबेक स्मिथ पनि लेख्नुहुन्थो ।” “एकछिन होल्डमै बस्नुस् है । म हेर्दिन्छु रिकोर्डमा । एकदुई मिनेटमै भैहाल्छ ।” “हुन्छ...” उहाँले बुवालाई र बुवाले उहाँलाई लेखेका प्रेमपत्रहरू एउटा पुरानो बाक्सामा छन्, रिबोनले या सुकेर अरहरो बनेको छालाको लोतीले बाँधेर राखेका । ती पत्रहरू १९१८