Posts

Showing posts from October, 2017

नेपालबाहिर देवकोटा

Image
महेश पौड्याल  महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिमा , घर - घरमा , सभा - समारोहमा , प्रतियोगिताहरूमा , सामान्य ज्ञानका सन्दर्भमा , राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ । देवकोटाको स्थान नेपाल बाहिर के - कस्तो छ , उनलाई नेपाल बाहिरको मुलुकका पाठक , समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन् , यो सबैका लगि चासोको विषय बन्नसक्छ । यदाकदा सुनिन्छ र धेरै विद्वान्हरू यस भनाइसँग सहमत पनि देखिन्छन् कि देवकोटाजस्तो विलक्षण प्रतिभा नेपालजस्तो गरिब , र बौद्धिकताको कदर गर्न नजान्ने देशमा नजन्मिएर कुनै अर्कै देशमा जन्मिएका भए आज विश्वसाहित्यमा उनको स्थान धेरै ऊँचो र सम्मानित हुने थियो । राहुल सांकृत्यायनलाई सायद थाह थियो , देवकोटाजस्तो विलक्षण प्रतिभा एक जुगमा एकपटक आउँछ र विश्वलाई नयाँ बाटो दिएर जान्छ । हो सबै लेखक सोफोक्लिस , होमर , दाँते , शेक्सपियर , टोल्सटय र वर्डस्वर्थ हुन सक्दैनन् । उनीहरू लामो कालखण्डमा जन्मन्छन् र संसारलाई