Posts

Showing posts from September, 2015

देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि?

Image
देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि? यसपालि, अर्थात २०७२ भाद्रको २१ गते देखि २६ गतेसम्म मित्रराष्ट्र चीनको राजधानी बेइजिङ्को प्राज्ञिक जगत तथा साहित्य पारखीले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटोको उचाइ र नेपाली साहित्यको विस्तारको केही न केही अन्दाज पाएका छन् । नेपालबाट देवकोटा चिनाउन चीन पुगेको देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको टोलीले बेइजिङ्मै पुगेर गरेको प्रदर्शनी, विचार गोष्टी र प्रवचनले चिनियाँ साहित्यकार र विद्यार्थीहरूबीच देवकोटा बारे चासो जगाएको छ । समालोचक निनु चापागाइँले नेतृत्व गरेको टोलीमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सामिल हुनुहुन्थ्यो । टोलीले चार दिन देवकोटाको जीवन र लेखनसम्बन्धी प्रदर्शनी, एक दिन विचार गोष्ठी र एक दिन चीनको रेन्मिन विश्वविद्यालयको प्राध्यापक र विद्यार्थीहरूमाझ विचार विमर्श सम्पन्न गरेर भाद्र २७ गते काठमाडौँ फर्किएको छ । बेइजिङ्मा सोही सहरस्थित बेइजिङ् लुसुन म्युजियमले आयोजना गरेको प्रदर्शनी २१ र २२ गते मात्र