Posts

Showing posts from July, 2016

हस्तक्षेप अभियान

हस्तक्षेप अभियान : एक मूल्याङ्कन महेश पौड्याल इटालियन चिन्तक आन्तोनियो ग्राम्चीको तर्क थियो , शासन व्यवस्थामा बस्नेहरू शासितहरूमाथिको आफ्नो आधिपत्यलाई दीर्घकालसम्म कायम राख्न केही सङ्कथनहरूको निर्माण गर्छन् , र ती शक्ति – राजनीतिले प्रेरित सङ्कथनहरूलाई “ सत्य ” को रुपमा आरोपित गरिदिन्छन् । ती सत्यहरू समाजिक तथा राजनैतिक संचरनामार्फत प्रवाहित गरिन्छ , जसलाई शासितहरू प्राकृतिक नियमको रुपमा स्वीकार गरिदिन्छन् , र आफू स्वतःस्फूर्त उक्त संकथनहरूलाई स्वीकार गर्न राजी हुने गर्छन् । ग्राम्चीको यस चिन्तनकै आधारमा लामो समयदेखि नवइतिहासवाद , संकथन प्रविधिबाट साहित्यको विपठन र सांस्कृतिक – वस्तुवादजस्ता सिद्धान्तहरू विकास भएर आएका छन् । यी सबै अध्ययन विधिहरूको केन्द्रमा शासनव्यवस्थाले निर्माण गरेका उक्त संकथनहरूको बुनोटलाई विनिर्माण गर्नु हो । सबल्टर्न इतिहासकारहरू यसभन्दा पनि एक कदम अगाडि बढे ; उत्घाटित संकथनको विनिर्माणले मात्रै पुग्दैन ; यस्ता सङ्कथनहरूलाई युगौंदेखि सत्यको रुपमा स्वीक