कर्णालीको पल्लो किनार
[Courtesy: Baarhakhari.com] æ मलाई पल्लो किनारसम्म पु ¥ याइदिनु न माझी दाइ । म तपाईंलाई सुनको औँठी दिन्छु , ” आठ वर्षकी नैनीले कर्णाली वारिपारि ढुङ्गा चलाउने एक माझीलाई भनी । बिहानको समय , घाम भर्खरै झुल्किएको थियो । कुनै पनि माझीका लागि त्यस दिनको पहिलो यात्रु पाइहाल्ने समय अझै भैहालेको थिएन । दूधका क्यान बोकेका यात्रुको पहिलो हाँचका लागि पनि कम्तीमा आठ बजेसम्म पर्खनुप ¥ थ्यो उनीहरूलाई । त्यो माझी त्यस दिन अलि छिटै नदीमा आएको थियो । नदीपारि रहेको उसको ससुरालीमा कुनै कार्जे भएको हुँदा आफ्नी श्रीमती , छोरा र छोरीलाई चाँडै त्यहाँ पु ¥ याउनुपरेको थियो । दिउँसोका लागि भन , े सधैँझै , यात्रु तार्ने काम गर्ने उसले योजना बनाएको थियो । अलि अलि पानी पनि परिरहेकोले परिवारलाई चाँडै उतापट्टि पु ¥ याएर ऊ नदी किनारमा फर्केको थियो । त्यस दिनका लागि उसको पहिलो सवारी , त्यो सानी नैनी फेलापारेपछि उसले सोच्यो , ऊ कमसेकम आजका लागि भाग्यमानी छ । नैनी उसलाई आफ्नै छारीजस्ती लागी । माझीलाई त्यो सानी , सुन्दर यात्रुको असाध्य माया लागेर आयो । तर , औँठीको कुरो — त्यो पनि सुनको — उसलाई खासै पत्या...