त्यो अपरिचित अनुहार
(कथा)
— महेश पौड्याल
सप्तकोशी उर्लिएको थियो
। माथि हिमालमा
निकै पानी परेका
हुनुपर्छ, नदीमा उफान थियो
डरलाग्दो । धमिलो
पानी, पानीको माथिल्लो
सतहमा वाफ उडेजस्तो
पनि देखिन्थ्यो ।
विशाल नदीको कर्कश
सुसाइ — कुनै शोकगीत
जस्तो । लाग्थ्यो,
आकाशले यसै नदीको
छातीमाथि आफ्नो कुनै मृत
सन्तानको देह भर्खरै
विसर्जन गरेको छ, र
अहिले ऊ शोकमा
आँसुका धारा खसाइरहेको
छ ।
यो बेला
कोशीमा कोही थिएन
। बेफ्वाँक बगिरहेको
थियो नदी, सागरतिर
। किनारमा माझीका
दुईचार डुङ्गा बाँधिएका देखिन्थे,
तर मान्छेको छावासम्म
पनि देखिँदैनथ्यो । तल
कोशी ब्यारेजमा भने
केही चहलपहल थियो,
तर आज माछा
तारेर बेच्ने, अथवा
किन्ने–खाने मान्छे
देखिँदैनथे । कोशी
पुलमाथिबाट पूर्व–पश्चिम गुड्ने
गाडीको सङ्ख्या पनि, बर्सातले
होला, निकै नै
पातलो थियो ।
शुक्र माझी सप्तकोशीका
निर्जन बगरहरूको पर्यटक बन्न
थालेको करिब एकवर्ष
भइसकेको थियो ।
घरमा भुनी दिनरात
भन्थी, “किन जान्छौ
कोशीमा सधैँ? घरै बसे
हुन्न?” तर ऊ
मान्दैनथ्यो । छिमेकी
भन्थे, “माझी हो
ऊ । नदीमा
नगए के हिमाल
चढोस् त?” तर
अरु माझीले जस्तो
माछा मारेर नल्याएको
वर्षदिन भइसकेको थियो ।
आज अबेरसम्म
बस्यो शुक्र नदी
किनारमा । किन
हो किन, उसलाई
घर जानै मनलागेन
। त्यस दिनको
जस्तो बाढी अघिल्लो
साल लगभग त्यही
बेला आएको थियो
कोशीमा । किनारका
धेरे घर बगेका
थिए । खेततिर
पसेको थियो कोशी
। भन्नेले चोकमा
उसले तीस वर्षदेखि
सुन्दैआएकै कुरा भनेका
थिएः “भारतले बाँध
थुन्यो, नेपाल डुबायो ।”
सीमानामा भारतका गरिबहरू भन्थे,
“बिहार पूरा बहगैल
। दोसौ जन
मरगइल । नेपाल
ने बाँध खोल्दिल
।” रहस्य न
उसले बुझेको थियो,
न अरु कसैले
। प्रकृतिको कहर
थियो, मान्छेको ज्ञान
र बुताभन्दा निकै
माथि ।
आकाशमा कालो बादलको
साम्राज्य थियो ।
घाम देखिँदैनथे ।
हातमा एउटा पुरानो
छाता लिएर कोशी
किनारमै दिन काट्यो
शुक्रले । घाम
अस्ताएको पत्तै भएन ।
झमक्कै साँझ परेपछि
झस्कियो ।
तर घर
जाऊँजस्तो लागेन । वास्तवमा
घरमा ऊ केही
पनि गर्दैनथ्यो ।
एक वर्षदेखि उसले
व्यवहारको लत्तो पूरै छोडेको
थियो । भुनिया
घरमा मसिन चलाउँथी,
लुगाफाटा सिलाएर जीविका धान्थी
। शुक्र स्वतन्त्र
थियो ।
ठूलो वर्षाको
चेतावनी उसले पनि
सुनेको थियो ।
घरबाट बाहिर नजान
सरकारले जारी गरेको
हुकुम पनि सुनेको
थियो । तर
त्यस चेतावनीको उसमा
कुनै असर थिएन
।
उसले त्यसदिन
कोशी किनारैकिनार करिब
सात किलोमिटरको यात्रा
ग¥यो ।
हिँड्न त ऊ
बेजोड हिँड्नसक्ने मान्छे
हो । तर
त्यसदिन भने उसको
हिँडाइ त्यति गतिशील थिएन
। ठाउँठाउँमा ऊ
रोकिन्थ्यो, किनार छोडेर नदीको
घेरोतिर जान्थ्यो, एउटा हातले
छाता समाते पनि
अर्को हातले पानीमुनि
खै के हो
खोजेजस्तो गथ्र्याे, तर बालुवामात्रै
निकाल्थ्यो, र पुनः
कोशीमै फालिदिन्थ्यो । हरेक
तीन सय मिटरमा
ऊ यसै ग¥थ्यो ।
यसै गर्दागर्दै
शुक्रले कोशी किनारमै
रात पा¥यो
। नजिकका मान्छे
नदेखिने बेला हुँदासम्म
ऊ आफ्नो झुपडीभन्दा
करिब सात किलोमिटर
टाढा, र कोशी
ब्यारेजभन्दा करिब चार
किलोमिटर दक्षिणमा अवस्थित एक
निर्जन बगरमा थियो ।
ऊ यसरी
हराइरहन्थ्यो । भुनिया
बानी परिसकेकी थिई
। खोजीनिधि पनि
गरिन ।
रात प¥यो ।
दिनभरिको मुसलधारे पानी केही
थामिएजस्तो भयो ।
पश्चिमतिर बादल अलिअलि
फाटेको हो कि
जस्तो देखियो, तर
तारा देखिएनन् ।
बर्षा पूरै रोकियो,
तर कोशीको रवाफ
रोकिएन । यस
ठाउँमा रोकिए पनि सातवटा
कोशी बोकेर बग्ने
सप्तकोशीको सतह घट्न
सबै कोशीहरू घट्नुप¥थ्यो ।
तर तुरन्तै त्यस्तो
कुनै सम्भावना थिएन
। कोशी उर्लिरह्यो,
गाइरह्यो कर्कश गीत ।
शुक्र किनारमै निदायो
।
उर्लँदो भेलको स्वाभाविक
आवाजभन्दा केही पृथक,
कुनै बच्चाको हाँसोजस्तो
कलिलो आवाज सुनेपछि
ऊ झस्केर उठ्यो,
मध्यरातमा । उसले
हे¥यो कोशीको
मूल भँगालोतिर ।
अहो, कस्तो अचम्म
! कस्तो विस्मय ! नदीको बीचोबीच
अनेकौँ सासाना सूर्यहरू एकैचोटि
लागेजस्तो उज्यालो थियो ।
त्यो उज्यालो एउटा
अनुहारको वरिपरि गोलाकार प्रभामण्डलको
ज्योतिबाट आइरहेको थियो, र
त्यस उज्यालोले घेरेको
थियो एउटा दिव्य,
अलौकिक र ईश्वरीय
अनुहार ।
शुक्रले त्यस अनुहारलाई
निकै ध्यानसँग हे¥यो ।
असीम अनुकम्पाले ओतप्रोत
आखाँ, जहाँबाट प्रेम
बर्सिरहेको थियो निरन्तर
। ती आँखा
घरि ऊतिर हेर्थे,
र घरि पारि
क्षितिजतिर । माथिदेखि
तलसम्म वस्त्रले ढाकिएको थियो
त्यो दिव्य व्यक्तित्व,
र ती वस्त्र
घरि सेता देखिन्थे,
घरि गेरुवा ।
शुक्रले अझै गहिरोसँग
हे¥यो त्यस
अलौकिक व्यक्तित्वलाई । उसको
अँगालोमा एउटा बालक
थियो — तीन वर्षजतिको
हुँदो हो — र
ऊ निरन्तर हाँसिरहेको
थियो । अब
शुक्रका आँखा त्यस
बालकको दिव्य अनुहारतिर केन्द्रित
भए । हो,
ती आँखा परिचित
थिए । त्यो
मुखमण्डल, त्यो पनि
परिचित । त्यो
कपाल, त्यो जीउडाल,
छालाको रङ — सबै
सबै परिचित ।
रात निकै
गहिरिसकेको थियो ।
कोशी किनारमा चिसो
सिरेटो चलेकोचल्यै थियो केहीबेर
अघिसम्म । तर
यी अनुहारहरू देखेपछि
शुक्रलाई एक्कासि न्यानो बनेर
आएको आभास भयो
। अघिसम्म, भित्रैसम्म
कमाउने लुगलुगे सिरोटेमा अहिले
कहाँबाट आयो यो
मातृवत न्यानोपन ? न अन्धकार,
न स्याँठ ।
शुक्रको रोम रोम
एक अलौकिक न्यानोपनले
स्पर्शित भइरहेको थियो । विगतका
धेरै वर्षमा उसलाई
यस्तो कहिल्यै पनि
भएको थिएन ।
सबै सबै
परिचित, तर त्यस
बालकको हाँसो, त्यो खुसी
र मुस्कान शुक्रलाई
अनौठो र विरानो
लाग्यो । उसलाई
बारम्बार झझल्को आइरहने अनुहार
थियो त्यो ।
हो, उसको सम्झनामा
तरङ्गित भएर आउने
बालकको अनुहार र मुखमण्डल
यही नै थियो,
तर उसले सम्झने
गरेको अनुहारमा भने,
सादाका लागि टाँसिएको
भोक देखिन्थ्यो, पीडा
देखिन्थ्यो, रोदन देखिन्थ्यो,
आँसु देखिन्थे — मानौँ,
यो अनुहार दुःखकै
मात्र क्यान्भास हो,
र यहाँ आँसुमात्रै
फुल्न सक्छ ।
बीच नदीमा
दखिएको त्यो अलौकिक
दृश्यलाई शुक्रले अपलक हे¥यो ।
त्यो वयष्क पुरुष
त्यस बालकलाई दुवै
हातले हावामा फाल्थ्यो,
र फेरि दुवै
हातले समाउँथ्यो ।
अनि घरि टाउकोमाथि
फनफनी घुमाउँथ्यो, अनि
अँगालोमा बेथ्र्यो, र म्वाइँ
खान्थ्यो । लाग्थ्यो,
ती दुई संसारकै
सबैभन्दा खुसी बाबुछोरा
हुन् ।
अपरिचित वयस्क, परिचित
बालक । शुक्रलाई
खपिनसक्नु भयो ।
ऊ आफ्नो
ठाउँबाट जुरुक्क उठ्यो, र
हातको इशाराले ती
दुईलाई किनारतिर बोलायो ।
सरक्क आए, कुनै
आज्ञाकारी बालकले जस्तो ।
नदीभित्रका ती दुई
र नदीबाहिरको शुक्रबीच
अब दुई मिटरजतिको
मात्रै दूरी थियो
होला । शुक्रले
अझ गहिरिएर हे¥यो त्यो
बालकलाई । जिन्दगीका
कोर्राले खोपिल्टिएको आफ्नो अनुहारमा
क्रितृम नै सही,
उसले हाँसो पोत्ने
प्रयास ग¥यो
। जमेर सिसाजस्तै
भएका आँसुका टुक्राले
छियाछिया पारेका, र लामो
समयदेखि सुक्खासुक्खा भएका आँखामा
वात्सल्य उमार्ने कोसिस ग¥यो ।
नदीभित्रको त्यस दिव्य
पुरुषको अनुहारबाट माया नै
मायाको वर्षा भैरहेको जस्तो
देख्यो उसले ।
उसका गहिरा दृष्टि
मानवीय संवेदनाका छालहरूले ओतप्रोत
देखिन्थे । त्यो
मुखमण्डल, त्यो मन्द
मुस्कान, ती अतिशय
आकर्षक ओठहरू — लाग्थ्यो ऊ
संसारको पिता हो,
र आफ्नो पितृत्वले
सारा ब्रहमाण्डलाई सिञ्चित
गरिरहेको छ ऊ
। उसले मन्दिरमा
देखेको भगवान्, पत्रिकामा देशेको
यसु ख्रिष्ट अथवा
कल्पना गरेको अल्लाह त्यसै
दिव्य पुरुषमा देख्यो,
एकैचोटि ।
र यो
बालक ! शुक्रले ठम्यायो उसलाई
। उसका आँखाले
चिने । उसको
धडकनको गति एक्कासि
बढेर आयो, कोशीको
भेलजस्तै । थर्र
काँप्यो जीउ ।
र हात — एक्कासि
फैलिए अगाडि — कोशीतिर,
बालकतिर ।
बोल्नचाहिँ शुक्र केही
बोलेन । तर,
अगाडि फैलिएका उसका
हात हल्लाउँदै उसले मुन्टोको
इशाराले त्यो बालकलाई
“आऊ!” भनेर आफूतिर
बोलायो । तर
बालकका दिव्य आँखामा कुनै
अपरिचितलाई हेर्दाका जस्ता अलमल
दृष्टिमात्रै देखिए । त्यो
अनुहारमा कुनै उत्साह
वा खुसी केही
देखिएन । एक
अपरिचित दृष्टि र भयजस्तो
केही पोतिएको थियो
ती निर्दोष आँखामा
।
धेरैपटक शुक्रले त्यस
बालकलाई आफूतिर बोलायो ।
ती दिव्य पुरुषले
पनि दिन खोजे
। तर बालक
पटक्कै मानेन । ऊ आफूलाई तिनै दिव्य
पुरुषको बाहाँतिरै तानिरह्यो ।
उनैलाई पुलुक्क पुलुक्क हेरिरह्यो
। उनको सेताम्य
दाडी सुम्सुक्याइरह्यो ।
तानिरह्यो ।
शुक्रका पनि दाडी
थिए, तर काला
। उसले पनि
ती दाडी देखाएर
बालकलाई आकर्षित गर्ने कोसिस
ग¥यो ।
तर बालकमा त्यसको
कुनै पनि प्रभाव
परेन ।
उसलाई एक्कासि त्यो
दिव्य पुरुषसँग रिस
उठेर आयो ।
हुन त त्यो
पुरुषले केही पनि
गरेको थिएन, तर
ऊ आफूभन्दा राम्रो,
आकर्षक र बढी
प्रममयी भएकै कारणले
त्यो बालक ऊसँग
टाँसिएको निश्कर्ष उसले निकाल्यो
।
“मलाई दिनुस्
मेरो बालक,” उसले
भन्यो ।
दिव्य पुरुषले बालकको
अनुहारमा पुलुक्क हेरे ।
बालकले पनि उनलाई
हे¥यो ।
उनले इशाराले सोधे,
“उः उहाँसँग जाने
हो?” बालकले टाउको
हल्लाउँदै इन्कार गरिदियो, र
तिनै पुरषको देहमा
थप टाँसियो, लपक्क
भएर ।
“मान्दैन,” उनले शुक्रलाई
भने ।
“किन मान्दैन?”
शुक्र चिच्यायो ।
पुरुष हाँसिमात्रै रहे,
दिव्य मुस्कान ।
बालक पनि हाँस्यो
। उसका गालामा
अलौकिक सौन्दर्य पोखिएको देखिन्थ्यो
। एकपल्ट खितिति
नै हाँस्यो ऊ,
र त्यो हाँसो
कोशीको कर्कश ध्वनिलाई चिर्दै
पर परसम्म फैलियो
।
“घर आऊ,
बाबु । बाबासँग
आऊ,” शुक्रले
विनीत स्वरमा भन्यो
।
बालक अर्कैतिर
फर्कियो ।
“बाबालाई चिनेनौ? यी
हेर त मेरा
हात । चिनेनौ?”
बालकले कुनै प्रतिक्रिया
दिएन । दिव्य
पुरषका ओठमा भने
हाँसो खेलिरहेको थियो,
अझै पनि ।
“घरमै नभए
पनि छिमेकमा गाई
छ । धेरै
बुबु दिन्छ ।
तिम्रो लागि बुबु
ल्याउँछु नि म
। अचेल मामुले
धेरै लुगा सिलाउँछिन्
। तिमीलाई नयाँ
लुगा किन्दिन सक्छिन्
। आऊ, घर
जौँ ।”
यसै बेला
दिव्य पुरुषले आफ्ना
आफ्नो एउटा हात
आकाशरित उठाए ।
आकाशबाट उड्दै एउटा सफेद
दूधको बोतल झ¥यो, र
टक्क उनको हातमा
आयो । उनले
त्यो दूध बालकलाई
पिलाए ।
“बाबु, पहिलेजस्तो खडेरी
छैन अहिले, गाउँमा
। हेर त,
कति परिरहेछ पानी
! धेरे फलेको छ धान
हाम्रो खेतमा । फेरि
तिमी भेकले रुनु
पर्दैन बाबु, सत्ते ।”
कुनै प्रतिक्रिया
आएन कतैबाट ।
“हाम्रो आँगन सम्झन्छौ?
त्यसमा, कोशीपट्टिको किनारमा ढुङ्गाको
पर्खाल लगाएको छु, बाबु
। अब कोशीको
पानी हाम्रो घरिभत्र
पस्दैन । अब
हामीलाई भिजाउँदैन ।”
शुक्र बोलिरह्यो ।
बालक भने माथि
माथि आकाशतिर हेरिरह्यो
। उसको कुरो
सुनेजस्तो पनि गरेन
। उसलाई हेरेन
पनि ।
“बाबु, मलाई नचिनेजस्तो
किन गर्छौ? यी,
हेर न मेरा
हाथ ! म यिनै
हातले बोक्थेँ नि
तिमीलाई । खै,
कता बिजाउँथ्यो, कता
दुख्यो, तिमी रोइमात्रै
रहन्थ्यौ । तिमीलाई
पानी पिलाउने यी
हात, चिनेनौ? तिमीले
पानी पाउँदा किलकिलेबाट
पानी भित्र गएको
पूरै देखिन्थ्यो ।
मलाई झलझली सम्झना
छ ।
“मभन्दा प्रिय अर्को
मान्छे कसरी भयो
तिम्रा लागि? त्यो अपरिचितको
अँगालोमा तिमी रमाएको
त्यति सुहाएन ।
मसँग रहँदा तिमी
त्यसरी कहिल्यै हाँसेनौ, कहिल्यै
खेलेनौ । तिम्रो
अनुहारमा अहिले म जुन
खुसी देख्छु, र
जुन जीवन देख्छु,
मसँग रहँदा कहिल्यै
देखाएनौँ । रोइमात्र
रह्यौ । बिरामी
मात्र भइरह्यौ ।
भोकाइमात्र रह्यौ...”
उसको गला
अवरुद्ध भयो ।
उसका आँसु कोशीमा
मिसिए ।
निकैबेर निस्तब्धताको शासन
चल्यो कोशी किनारमा
। समय मध्यरातको
नजिक थियो सायद
। पानी पर्न
बन्द भएकोले होला,
माथि कोशीको पुलमा
एउटादुइटा गाडी हुइँकिएको
पनि देखियो ।
आँसु पुछेर
ऊ फेरि बोल्यो,
“मैले जे जति
गरेँ, तिम्रो हाँसोको
लागि गरेँ ।
तर आज तिम्रो
अनुहारमा देखिएको त्यहीँ हाँसोले
किन पोल्छ? मैले
आफू नखाई नखाई
तिमीलाई बलिष्ट बनाउने कोसिस
गरेँ । तर
पनि, तिमीलाई चाहिने
यथेष्ट पोषण हामीले
पु¥याउन नसकेकै
हो । तरै
पनि, तिम्रो बलियो
आङ किन सुइरो
रोप्छ मेरो मुटुमा?
बाबु, तिमीलाई स्वस्थ
बनाउकै लागि मैले
सारा कसरत गरेँ,
तीन वर्ष ।
तिमीलाई स्वस्थ देख्दा खुसी
छु, तर अपरिचितको
काखमा — त्यो सहन
सकिरहको छैनँ म
। बाबु, मलाई
किन बाबा भन्न्दैनौ?
तिमीले मलाई चिन्दैनौ,
यो कसरी मानौँ
म? मभन्दा नजिक
अरु कोही छ
तिम्रो, यो कसरी
पत्याऊँ? मसँग तिम्रो
कुनै सम्बन्ध छैन,
यो कसरी स्वीकारौँ?
र मैले जति
रोए पनि तिमी
फर्कँदैनौ, यो कसरी
मानौँ? बाबु, तिमी मेरो
हाइनौ, त्यो पुरषको
हो — यो कुराले
कसरी मन बुझाऊँ?”
एउटा मुटु
पग्लियो कोशीको बगरमा ।
अरु केही पग्लिएन
।
“तिम्रा आँखाले मलाई
चिनेन नि बाबु
! मेरो यताको घर, मेरो
काँध र काख,
मैले जोहो गरेका
अन्न बाली, मैले
किनेर ल्याएका लुगाफाटा
— यी केही, केही
पनि नचाहिने कसरी
भयौँ बाबु तिमी?
बाबु, बाबाको माया
लाग्छ कि लाग्दैन?”
उसले अन्तिम
वाक्य बोलिरहँदा बालक
केही द्रवितजस्तो, केही
पग्लिएको जस्तो देखियो ।
उसका आँखा ओसिला
पनि देखिए ।
तर उसले शुक्रतिर
आउन हात बढाएन
।
“बाबु, को हो
त्यो अपरिचित पुरुष?
किन त्यसको अनुहार
मेरोभन्दा राम्रो र आकर्षक
छ? कसरी त्यो
त्यति सुकिलो छ?
किन ऊसँग तिमीलाई
दिन सबै चीज
छ, र मसँग
केही पनि छैन?
बाबु, तिम्रो को
हो ऊ? अनि
म को हुँ,
तिम्रो?”
यति भनिसक्दा
शुक्र कोशीको भँगालोमै
पसिसकेको थियो, र बालकलाई
छुन कोसिस गरिरहेको
थियो । एक्कासि
बिजुली चम्कियो आाकाशमा, गड्याङ
गरेर मेघ गर्जियो
। उसका आँखाले
नथाम्ने गरी उज्यालो
थपियो कोशीमाथिबाट ती
अनुहारहरूमा । अकस्मात,
खै कताबाट हो,
हजारौँ हजार बालकहरू
बर्सिए ती दिव्य
पुरुषको हातमाथि, काँधमाथि ।
उनका हत्केला विस्तारित
हुँदै गए, र
आएजति सबै बालक
त्यसै हत्केलामा अटाउँदै
गए । एकैछिनमा
अनगिन्ती बालक देखिए
उनका हत्केलामा ।
ती सबै उसै
गरी खुसी देखिन्थे
। उसै गरी
हाँसिरहका थिए ।
उनीहरूको हाँसोले कोशीको त्यो
निर्जन वक्ष र
वगर गुञ्जायमान भयो
।
किनारको छेउ, नदीमा
उभिएको शुक्रले यो दृश्य
अपलक हेरिरह्यो ।
हेर्दाहेर्दै ती दिव्य
पुरुष, हत्केलामा उभिएका सम्पूर्ण
बालकहरूसहित कोशीको भेलबाट उठे,
र सुस्तरी हावामा
उड्दै उड्दै गए,
र आकाशमा अदृश्य
भए । शुक्रले
माथि आकाशबाट आवाज
आएजस्तो सुन्यो, “बाबा, तपाईंभन्दा
पनि अगाडि म
घर आएँ ।
नरोई बस्नू ल
। म यहाँ
खुसी छु ।
मलाई यहाँ दुख्दैन,
भोक पनि लाग्दैन
। तपार्इं
र मामुलाई पर्खिबस्नेछु
।”
कोशीमाथि चुक पोखिएजस्तो
आँध्यारो ओर्लियो ।
काहालिएको शुक्र किनारतिर
स¥यो ।
किनारमा ऊ त्यही
ठाउँमा गएर बस्यो,
जहाँ ऊ अघि
बसेको थियो ।
उसका आँखा भने
माथि आकाशतिरको शून्यता
हेरिरहेका थिए ।
यो बेला
आकाशमा कालो बादलको
बर्कोबाहेक केही पनि
थिएन ।
यसपछि शुक्रले कहिल्यै
सोधेन कोशीलाई, उसैसँग
बगेर गएको उसको
छोराको ठेगाना ।
Comments
Post a Comment