नेपालबाहिर देवकोटा
महेश पौड्याल
महाकवि लक्ष्मीप्रसाद
देवकोटाको चर्चा नेपालमा
साहित्यिक वृत्तका अतिरिक्त
पत्रपत्रिमा, घर-घरमा,
सभा-समारोहमा,
प्रतियोगिताहरूमा, सामान्य ज्ञानका
सन्दर्भमा, राजनीतिमा र
पाठ्यक्रममा सबैतिर हुने
गरेको छ ।
देवकोटाको स्थान नेपाल
बाहिर के-कस्तो
छ,
उनलाई नेपाल बाहिरको
मुलुकका पाठक, समालोचक
र विज्ञहरूले कसरी
र कति बुझेका
छन्,
यो सबैका लगि
चासोको विषय बन्नसक्छ
। यदाकदा सुनिन्छ
र धेरै विद्वान्हरू
यस भनाइसँग सहमत
पनि देखिन्छन् कि
देवकोटाजस्तो विलक्षण प्रतिभा
नेपालजस्तो गरिब, र
बौद्धिकताको कदर गर्न
नजान्ने देशमा नजन्मिएर
कुनै अर्कै देशमा
जन्मिएका भए आज
विश्वसाहित्यमा उनको स्थान
धेरै ऊँचो र
सम्मानित हुने थियो
। राहुल सांकृत्यायनलाई सायद थाह
थियो, देवकोटाजस्तो विलक्षण
प्रतिभा एक जुगमा
एकपटक आउँछ र
विश्वलाई नयाँ बाटो
दिएर जान्छ ।
हो सबै लेखक
सोफोक्लिस, होमर, दाँते,
शेक्सपियर, टोल्सटय र
वर्डस्वर्थ हुन सक्दैनन्
। उनीहरू लामो
कालखण्डमा जन्मन्छन् र
संसारलाई ज्ञानको दिव्य
आलोकले प्रज्वलित पारेर
जान्छन् । प्रस्तुत
लेखले नेपाल बाहिर
र विषेश गरी
पश्चिमी विद्यार्थी, प्राज्ञ
र समालोचकहरूको दृष्टिमा
देवकोटालाई हेर्ने चेष्टा
गरेको छ ।
वास्तवमा देवकोटाको
देशमा जति चर्चा
भए पनि परदेशमा
निश्चय नै कम
र फाट्टफुट्ट मात्रै
चर्चा भएको छ
। हामीले देवकोटाको
प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न
नसकेर यसो भएको
हुनसक्छ ।
अमेरिकाको कोलोम्बिया
विश्वविद्यालयले प्रकाशित गरेको,
डेभिड रुबनद्वारा अनूदित
देवकोटाको एउटा कविताकृतिमाथि
टिप्पणी गर्दै समालोचक
अलेन थ्रेसरलले देवकोटालाई
नेपाली साहित्यको वास्तविक
विकासका एक महत्वपूर्ण
सिल्पी मानेका छन्
। उनी भन्छन्ः
नेपाली साहित्यको इतिहास
पाँच सय वर्षभन्दा
पुरानो भए पनि
यसको वास्तविक विकास
बीसौँ शताब्दीमा आएर
मात्रै भएको हो
र यो कालका
महानतम लेखक लक्ष्मीप्रसाद
देवकोटा हुन् ।
उनले विभिन्न विधाहरूमा
रचनाको विशाल निधि
तयार पारे र
उनी अङ्ग्रेजी छायाँवादी
कविहरूबाट प्रभावित थिए
। उनीहरूलेझैँ देवकोटाले
पनि स्वच्छन्दता, सलिलता
र भावपरकतालाई प्राथमिकता
दिए ।
देवकोटा हृदयप्रधान
कवि हुन् ।
उनको स्वभाव पनि
त्यस्तै थियो ।
उनी भावनाका लहरमा
उन्मुक्त उडान भर्थे
र स्वभाव पनि
त्यस्तै थियो भनिन्छ
। थ्रेसरले देवकोटाको
लेखकीय स्वभावको बारेमा
यसो भनेका छन-
"उनी आˆना
रचनाहरूको पुनरलेखन गर्दैनथे,
र कतिपय अवस्थामा
उनको हस्तलेखन नबुझेर
उनका प्रकाशकहरू खाली
छोडिदिन्थे ।"
देवकोटाको महत्वलाई
नेपालको भौगोलिक सीमाको
परिधिभित्र हेरिनु उनका
विचारको सार्वभौमिकतालाई खुम्च्याइनु
हो । थ्रेसरले
देवकोटाको यो पक्षलाई
पनि उजागर गरेका
छन् उनले भारतीय
भूखण्ड र मिश्र,
दुवै क्षेत्रका प्राचीन
मिथकमा आधारित धेरै
लामा पद्य कथा
लेख्नुका अतिरिक्त सामाजिक
विद्रोह, बालकविता, गान्धीको
निधनमा अङ्ग्रेजी सोनेटहरूको
एक शृङ्खला, प्राकृतिक
सौन्दर्य, पारम्परिक, लोकगायकहरूको
अनुकरणमा रचना, र
गरिबी र मृत्युमाथिका
विलाप आदि विषयमा
कविता पनि लेखे
।
नेपाली वाङ्मयमा
देवकोटालाई विभिन्न काल
र विभिन्न परिस्थितिसँग
जोडेर हेरिएको छ
। जी. एन.
यु.
फ्री. डक्युमेन्टेसन अनुमति
पत्रअन्तर्गत प्रकाशित नेपाली
साहित्यबारे एक अनलाइन
लेखमा देवकोटालाई नेपाली
साहित्यमा क्रान्तिपूर्व काल
भनेर उल्लेखित कालखण्डमा
गुरुप्रसाद मैनाली र
विश्वेश्वरप्रसाद कोइरालासँगै अत्यन्त
महत्वपूर्ण लेखकका रूपमा
हेरिएको छ ।
देवकोटा क्लिष्ट
पनि छन्, सरल
पनि । उनको
भाषा सरल होला
तर भाव भने
अवस्यै गम्भीर छ
। यो यथार्थलाई
कतिपय लेखकहरूले ठाउँठाउँमा
औंल्याएका छन् ।
पल्लव रञ्जनले देवकोटाका
कविताकृति 'यात्री' को
अनुवाद गर्नेक्रममा महाकविका
बारेमा लेखेका छन्-
"देवकोटाका लेखहरूको मूल
भावलाई बुझ्नु भनेको
हुस्सुमा वाष्प देख्नु
वा हजारौँ जुनकीरीहरूको
उज्यालो एकैचोटि हेर्नु
जत्तिकै कठिन छ
।"
जून २२, १९९५
मा पिपल्स रिभ्युमा
प्रकाशित एम. आर.
रोस्को एउटा लेखमा
भावको यो क्लिष्टताका
बाबजुद देवकोटालाई नेपालकै
सर्वाधिक लेकपि्रय कवि
भनिएको छ ।
देवकोटा अङ्ग्रेजीमा
पनि लेख्थे र
उनको यो खुबीले
उनलाई अन्तर्राष्ट्रियरूपमा आफूलाई
स्थापित गर्न सहयोग
गर्यो
। निश्चय नै
उनका नेपाली कृति
वा तिनको अनुवादभन्दा
बढी मूलरूपमै अङ्ग्रेजीमा
लेखिएका कृतिहरू बाहिर
बढी वितरित र
चर्चित भए ।
अक्टुबर ५, २०००
मा बीबीसीबाट प्रसारित
दक्षिण एसियाली साहित्य
विषयक बहसमा देवकोटा
र अन्य दक्षिण
एसियाली स्रष्टाहरूका बारेमा
यसो भनिएको छः
हरिवंश राय, मुल्कराज
आनन्द, माइकल ओन्दात्जे
र लक्ष्मीप्रसाद देवकोटाले
अङ्ग्रेजीमा उत्कृष्ट सामग्रीको
श्रृष्टि गरेका छन्,
जुन आफैँमा विशिष्ट
छन् तर अङ्ग्रेजी
भाषामा एउटा महाकाव्य
र धेरै कविता
लेख्ने पहिला नेपाली
लेखक देवकोटा र
हिन्दी कविहरू पन्त,
प्रसाद र निरालामा
एउटा छुट्टै मिठास्
पाइन्छ, जसले उनीहरूका
रचनालाई अन्य अङ्ग्रेजी
भाषाका लेखकहरूका रचनाभन्दा
पृथक् बनाएको छ
।
देवकोटा महान्
छन्,
यस कुरामा मतभिन्नता
छैन तर यस्ता
विलक्षण प्रतिभा विषेश
कार्यक्रमको सेरोफेरो र
पाठ्यक्रमले सिर्जना गरेका
बाध्यात्मक स्थितिबाहेक आज
आम पाठकको चयनमा
पर्दैनन् भन्ने कुरालाई
स्वदेशी मात्र नभई
विदेशी विद्वान्हरूले पनि
औँल्याएका छन् ।
२००३, अपि्रलको अन्तिम
सातातिर हिमाल एसोसिएसनले
काठमाडौँमा आयोजित नेपाली
साहित्यबारेको एक अन्तर्क्रियामा माइकल हटले
देवकोटाको ऐतिहासिक महत्व
ठूलो भए पनि
उनी अहिलेका पाठकको
चयनमा पर्न छोडेको
बताएका थिए ।
देवकोटाको योगदानलाई
साहित्यमा जति महत्वका
साथ हेरिन्छ, नेपाली
भाषाको परिस्कार र
सामाजिक मूल्य मान्यताको
जगेर्नाका सन्दर्भमा पनि
उत्तिकै महत्वका साथ
हेरिन्छ । कोर्नेल
विश्वविद्यालयले एसियाली भाषाको
पाठ्यक्रम निर्देशिकामा नेपाली
भाषाको उल्लेख गर्दै
भनेको छ- "लक्ष्मीप्रसाद
देवकोटा, भानुभक्त आचार्य
र लेखनाथ पौड्यालजस्ता
लेखकहरूले नेपाली भाषालाई
एक साहित्यिक भाषाको
रूपमा स्थापित गरे
।"
उता देवकोटाको सामाजिक
मूल्यप्रतिको प्रतिबद्धताका बारेमा
पनि पश्चिमी जगत्मा
यदाकदा चर्चा गरिएको
पाइन्छ । अक्स्फोर्ड
इन्स्टिच्युट अफ एजिङ्ले
प्रकाशित गरेको एउटा
कार्यपत्रमा लेस्ली कर्कलीले
देवकोटाले नेपालमा ज्येष्ठ
नागरिकप्रति सम्मान भाव
सिर्जना गराउनमा महत्वपूर्ण
योगदान गरेको उल्लेख
गरेका छन् ।
Comments
Post a Comment