पारिजातको घरमा
चियाका पात चुँडेर चाख्दै, तल छोटा रंगितको किनार सम्झँदै, बालसन नदी र दार्जेलिङे साहित्यको सम्बन्ध केलाउँदै, फोटो खिच्दै र स्तब्ध हुँदै हामी ती ढुंगाको अन्तिम खुट्किलोमा आइपुग्यौं, जहाँबाट ओर्लनु हामी सबैका लागि एक विशिष्ट प्राप्तिको भागी हुनु थियो । निकै माथिदेखि नै हामी टिनका लमतन्न तन्किएका केही छाना एकआपसमा खप्टिएका देखिरहेका थियौं । टिन लगभग पूर्ण रूपमा खियाले खाएर खैरो भएको थियो । घर उँधो पाखोतिर पर्खिएको कुनै एक डिल वा थुम्कोको आडमा बनेको हुनाले घरको प्रमुख द्वार, झ्याल र ढोका हामीले अझै देखेका थिएनौं । महेश पौड्याल हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिजिङमा । २०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउन्डेसनले हामीलाई द...