कथाः बार्दलीको एउटा अनुहार
[Courtesy: www.onlinekhabar.com] अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ एकोहोरो बसको छेउ पिटिरहन्थ्यो । यात्रुहरू केहीबेर चुप लाग्थे, तर केहीबेरपछि रोकाइ असामान्य लागेपछि कराउने थाल्थे, “गुरुजी, जौँ न हो, अब त । ढिलो भयो ।” अनि बल्ल चालक स्टेरिङ घुमाउन थाल्थ्यो । काठमाडौँबाट त्रिशूली जाँदा होस् वा त्रिशूलीबाट काठमाडौँ, ओखरपौवाको यस बिसौनीमा उनीहरूको रोकाइ सधैँ नै लामो रहन्थ्यो । केही दिनपछि सहचालक अलि पुरानो भएपछि ड्राइभरसँग अलि नजिकिन थाल्यो । चालक–सहचालकहरूको बीचमा समान्यतः सुनिने हाँसोठट्टामा पनि सरिक हुन थाल्यो । मन खुल्दै गएपछि र अलि आँट आएपछि एक दिन उसले ओखरपौवाको यस असामान्य रोकाइका बारेमा चालकलाई सोध्यो । “अहिले भन्दिनँ । कुनै दिन भनौँला ।” यत्तिकैमा एक दिन त्रिशूलीबाट काठमाडौँ आउँदा उनीहरूको बस रानीपौवा पुग्दानपुग्दै खाली भयो । तीनचार जना यात्रु लिएर ओखरपौवा आए, र बिसौनीमा बसे । पछिपछि त