Posts

Showing posts from September, 2014

कविताको शक्ति

साभार : नागरिक दैनिक, ४ आसोज २०७१ महेश पौड्याल चितवनको भरतपुरमा केही समयअगाडि आयोजित एक काव्यविमर्शमा मैले भनेको थिएँ “अहिले आइरहेका कविता अत्यन्त शक्तिशाली छन् ।” कार्यक्रमको अन्त्यमा मेरा अग्रज, गुरु र मार्गदर्शक कवि एल.बी. छेत्रीले मलाई कार्यक्रममै सीधै सोध्नुभयो, “महेश, कविता कसरी शक्तिशाली बन्छ? यसको परिभाषा दिनु जरुरी भइसकेको छ आज ।” म झस्किएँ । मलाई तुरुन्तै यस कुराको बोध भयो, म क्रिकेट मैदानको बाहिर बसेर खेल हेरिरेको दर्शक हुँ, जो सबै कुरा जानेको जस्तो प्रत्येक सोटमा कराइरहेको हुन्छु, र ब्रेडमेन, तेन्दुल्कर र लाराहरूलाई खेल सिकाइरहेको हुन्छु । मलाई राम्रैसँग बोध भयो, मैले जीवनमा एउटामात्रै पनि शक्तिशाली कविता लेख्न सकेको छैन । म पुनः घोत्लिएँ । म कुनै स्थापित कविलाई कविता यसरी लेख्दा शक्तिशाली हुन्छ भन्ने ल्याकत राख्दिनँ । तर साहित्यको विद्यार्थी र शिक्षक, र कविताको एक पागल अनुरागी पाठक भएका नाताले कुनै दिन म आफैँ कविता लेख्न कस्सिएँ भने त्यो आश्चर्यको विषय त पक्कै पनि हुने छैन । त्यसदिन, आफैँलाई निर्देशित गर्न म के मापदण्डहरू अपनाउँला? मैले आफ्नै लागि तयार गरेको कवित

गणतन्त्रको वकालत

— महेश पौड्याल साभार : अन्नपूर्ण पोष्ट दैनिक, २० भाद्र, २०७० समकालिन नेपाली कविताको मूल कथ्य भनेकै पहिचानको खाजी र सामाजिक रुपान्तरण हो । जीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न नसक्ने आदर्शवादी कविताको युग लगभग सकिएको अनुभूत गरिँदैछ । अजको, विशेष गरी युवापुस्ताको कविता अदालतमा जस्तो वहस गर्छ विभेदका विरुद्ध र सुरक्षित र सुन्दर भविष्यको पक्षमा जोरदार वकालत गर्छ । ऊ अतीतले छोडेका सम्पूर्ण ग्रहणहरूमाथि निर्मम प्रहार गर्न पनि पछि हट्दैन । उसलाई असङ्गत विरासतको उत्तराधिकारमा कुनै गौरववोध हुँदैन । ऊ वृहत्तर मानवीय हितका पक्षमा इतिहासका दारुण खण्डहरू च्यातेर फ्याँकिदन पनि तयार देखिन्छ । समकालिन नेपाली कविताको लक्षणका बारेमा प्रस्तुत गरिएका यी तमाम दलिलहरूको एउटा मूर्त पुष्टि हो रामगोपाल आशुतोषको नवीनताम कविताकृति “ईश्वर र फूलहरू” । “इन्द्रेणीको रङ्ग”, “मध्यान्तर” र “ईश्वर र फूलहरू” गरी तीन खण्डमा बाँडिएका उनका कविता मूलतः समायवोध र विद्रोहकै कविता हुन् । उनले एक बोरोमिटरकै शैलीमा देशले भोगेका पीडा र परिवर्तनको मापन गरेका छन्, र एकपछि एक शकुनी अभिष्टबाट निर्माण गरिएका भ्रमहरूको जालोलाई उदा