Posts

Showing posts from 2015

देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि?

Image
देवकोटा र नेपाली साहित्यबारे के–के भयो चीनमा यस पालि? यसपालि, अर्थात २०७२ भाद्रको २१ गते देखि २६ गतेसम्म मित्रराष्ट्र चीनको राजधानी बेइजिङ्को प्राज्ञिक जगत तथा साहित्य पारखीले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटोको उचाइ र नेपाली साहित्यको विस्तारको केही न केही अन्दाज पाएका छन् । नेपालबाट देवकोटा चिनाउन चीन पुगेको देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको टोलीले बेइजिङ्मै पुगेर गरेको प्रदर्शनी, विचार गोष्टी र प्रवचनले चिनियाँ साहित्यकार र विद्यार्थीहरूबीच देवकोटा बारे चासो जगाएको छ । समालोचक निनु चापागाइँले नेतृत्व गरेको टोलीमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सामिल हुनुहुन्थ्यो । टोलीले चार दिन देवकोटाको जीवन र लेखनसम्बन्धी प्रदर्शनी, एक दिन विचार गोष्ठी र एक दिन चीनको रेन्मिन विश्वविद्यालयको प्राध्यापक र विद्यार्थीहरूमाझ विचार विमर्श सम्पन्न गरेर भाद्र २७ गते काठमाडौँ फर्किएको छ । बेइजिङ्मा सोही सहरस्थित बेइजिङ् लुसुन म्युजियमले आयोजना गरेको प्रदर्शनी २१ र २२ गते मात्र

कहाँ दुख्छ घाउ?

(साउन 9,  2072 को अन्नपूर्ण पोष्ट) — महेश पौड्याल असार महिना बिदा भएर साउन लागिसकेको छ । नेपाली साहित्यका प्रेमीहरूका लागि असार सम्झनाको महिना हो — पोल्टाभरि लिएर आउँछ अतीतका धेरै मृदु सम्झनाहरू । प्रज्ञाप्रतिष्ठानको स्थापना र राष्ट्रिय कविता महोत्सव, भानुभक्त आचार्यको जयन्ती, आसर पन्ध्रको महामण्डल साहित्यक यात्रा र सम्मान अर्पण, अनि अनेकानेक त्यस्ता साहित्यक अनुष्ठानहरू, जो असारमा निरन्तर परिरहने वर्षाको मुच्र्छनासँग हामीलाई छुन आउँछन्, र हल्लाएर जान्छन् । यी  देशै हल्लाएर जाने उत्सवमा सबै तल्लिन भइरहँदा घामपानी झेल्दै बागबजार–अनामनगरका सडक र गल्लीहरूमा मैले भर्खरै एक जना तन्नेरी कवि पुरु लमशालाई भेटेँ, जो असारमा सुटुक्क आएर जाने अर्को एउटा मितिलाई सूनका अक्षरले लेख्ने अभिष्ट बोकेर हिँडिरहेका थिए, हरिभक्त कटुवालको बृत्तचित्र बनाउन । धेरैले छोडेको नाम, दौँतरीहरूले बिटुल्याएको नाम, र देशले एक प्रकार तिरस्कृत गरेको नाम हरिभक्त कटुवाल उनको मनमस्तिष्कमा थियो र  उनी भनिरहेका थिए, म रक्स्याहा हरिभक्त कटुवालको बर्कोमुनि कतै ओझेल पर्न पुगेको सर्जक हरिभक्त कटुवाललाई देशले चिनोस् भन्ठान्छ

समकालीन सार्क साहित्य: एक सर्वेक्षण

महेश पौड्याल परिचय “सार्क साहित्य” भनिने कुनै प्राज्ञिक साहित्यक संज्ञा छैन । यसलाई यस आलेखको शीर्षकमा एक रणनैतिक तात्विकताका लागि मात्रै पयोग गरिएको हो । यसका केही कारणहरू छन् । “दक्षिण एसियाली साहित्य” भन्ने नामले दक्षिण एसिया एउटा अक्षुण्ण भूभागको अवधारणा प्रस्तुत गर्दछ, तर दक्षिण एसियाजत्तिको विविधतापूर्व भूभाव सायदै अन्यत्र कतै होला । राजनैतिक दृष्टिले पनि दक्षिण एसियाली समता एउटा पेचिलो विषय हो । भारत र पाकिस्तानको लामो र निरन्तरको द्वन्दले यस क्षेत्रमा यस्तो ऐक्यलाई विकसित हुन दिएको देखिँदैन । साथै, युरोपियन युनियनजस्तो दक्षिण एसिया कुनै एकीकृत भूराजैतिक व्यवस्था पनि होइन । अमेरिकी सरकारले दक्षिण एसिया मामिलाकै लागि एक मन्त्रालयको गठन गरेपछि दक्षिण एसियालाई विश्वले एक अक्षुण्ण भूभावको रुपमा स्वीकार गरेको त पाइन्छ, तर यो मात्र व्यापारिक र सूरक्षाका दृष्टिले बनाइएको अवधारण हो । लामो समयसम्म “कमनवेल्थ राष्ट्र” भनेर पनि यी राष्ट्रहरूलाई भनियो, तर कमनवेल्थ बेलायती महारानी अलिजावेथलाई राष्ट्रप्रमुख मान्ने र अतीतमा बेलायती उपनिवेशमा रहेका राष्ट्रहरूको संगठन भएका कारण दक्षिण एसिय

Nepal-China Literary Relations: What Are the Prospects?

Nepal-China Literary Relations: What Are the Prospects? When Jacques Derrida talked about ‘teleopoiesis’ in his Politics of Friendship (1993), it did not make much fuss as the typical Derridian concept of ‘differance’ had made when it came first. It sounded just another incomprehensible Derridian jargon, meant for few persistent people interested in post-structuralist theory. In less than half a century, teleopoiesis has, however, become a method of studying literatures across distance and time. Though the method is still comparative, it moves ahead of the traditional compare-and-contrast agenda, and pervades through a mentality to reshape the traditional idea of space and region. Thinking China and Nepal as geographical neighbors might put the idea of teleopoiesis into jeopardy, because the geographical proximity of the two nations, sharing borders along a long stretch of the Himalayan belt, questions the prefix ‘tele’ which stands for distance. The countries are close. Y

वनका बाँसदेखि पत्रिकाका पानासम्म मेरा कविता

Image
प्रस्तुति : दिवाकर प्याकुरेल महेश पौड्याल  (वि.सं. २०३८, सुलुबुङ्, इलाम) बाल साहित्यकार तथा समीक्षक हुनुहुन्छ । उहाँले बालबालिकाका लागि ‘आमा नहुँदा एक साँझ’ (नाटक), ‘सपनाको पुल’ (कथा सङ्ग्रह), ‘लिटिल मास्टर्स’ (अङ्ग्रेजी कथा सङ्ग्रह), ‘लिटिल लभर्स’ (अङ्ग्रेजी उपन्यास) लगायत कथा, उपन्यास र नाटक गरी १०भन्दा बढी कृति लेख्नुभएको छ । साथै उहाँले केही बाल नाटक निर्देशन पनि गर्नुभएको छ । हाल बाल साहित्यका बारेका साहित्यिक क्षेत्रमा बहस चलाउने थोरै समीक्षकमध्ये उहाँ पनि पर्नुहुन्छ । बाल साहित्य बाहेक पनि उहाँका विभिन्न कथा तथा कविताहरू प्रकाशित छन् । साहित्यिक समालोचनाका बारेका उहाँका लेख रचना अङ्ग्रेजी तथा नेपाली पत्रपत्रिकामा प्रकाशन भइरहन्छन् । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुर तथा पोखरा विश्वविद्यालयको  आएसर  नामक कलेजमा अध्यापनरत हुनुहुन्छ । हाल रातोपुल, काठमाडौँमा बस्दै आउनुभएका पौड्यालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।     मेरो जन्म वि.सं. २०३८ फागुन ४ गते इलाम जिल्लाको सुलुबुङ्म

गौँथली र म

महेश पौड्याल शिशिरमा मसँगै माइपोखरी तिरकोजस्तो बाक्लो तुषासो ओढेर, बर्खामा मसँगै जोगमाईको बगरजस्तै निथु्रक्कै रुझेर कहिले वर, कहिले पर उद्यानहरूबाट चुच्चाभरि जिन्दगी टिपेर हुर्र्किएका हुन् कठै, यी गौंथलीका बथानहरू । कति छिमल उडिसके कति, यी गौंथलीहरू मेरो घरको धूरीबाट । उनीहरूले आकाशमा मकालु र कञ्जन्जङ्घा जोड्ने पुल हाले र अलिकति अग्लिए मैले एउटा पुस्तैनी कुटुम्बसँग नाता तोडेँ र अलिकति होच्चिएँ । उनीहरूले वर्षातसँग पग्लन नपाउँदैको इन्द्रेणीको रङ्ग टिपेर धरतीभरि फुलाए गुराँस अनि आफू पनि अलिकति रँङ्गिए, मैले, माई किनारमा लाग्ने बिहिबारे हाटमा जीवनका सबै मृदु रङ्गहरू थापिदिएँ दाउमा र खालजस्तै धमिलिएँ । सधैँ मिर्मिरेमा घाम बोलाए उनीहरूले र सुलबुङ्को लेकभरि पोतिएको अँध्यारो पखाले र अलिकति उज्यालिए आफैँ पनि सबै उज्यालोमाथि कालो मसीले आफ्नै नाउँको सहीछाप लगाएर अलिकति धमिलिएँ म, आफैं पनि । आखिर— मसँगै हुर्किएका गौँथलीका बथानहरू कहाँ–कहाँ पुगिसक्दा आकाशमा टाढा–टाढा पुगिसक्दा धरतीमा म उनीहरूले मेरो उद्यानबाट टिपेको एकमुट्ठी धानचामलको हिसाब–किताबमा रात–रातभर