मेरो अजम्मरी कविता
महेश पौड्याल मैले, बाँस बाँसमा लेखेँ कविता पात पातमा लेखेँ गीत तृणहरूमा छोडेँ मुक्तकहरू भरेँ फूलहरूमा सङ्गीत र भनेँ हावालाई — “म नरहेपछि, प्रिय वातास वनभरि मैले रोपेको कविताको यस उद्यानबाट उडाइ लानू मेरा कविता मेरो हृदयको मृदुल भाषा मेरो प्रेमको अजश्र गाथा र पु¥याएर आउनू, दूर–सुदूर, छरेर आउनू देश–परदेश । मलाई थाह थियो, सभ्यताको संक्रमणले ग्रस्त मेरो जिन्दगीको उमेर मेरो कविताको जत्ति पनि छैन र मैले कविता छोडेका बाँस, पात र तृणको जत्ति पनि छैन । म ढलेपछि, एक दिन र सँगै गएपछि मजस्ता अरबौँ मान्छे, धरतीबाट यस मानवशून्य पृथ्वीमा मेरो कविता, हावाको विमान चढेर उडेछ, देश–परदेश पुगेछ दूर–सुदूर शून्य शून्य यस पृथ्वीमा र सुनाउन थालेछ मेरो र मजस्ता मान्छेहरूको प्रस्थान–कथा एकोहोरो, ढुङ्गा, माटो र कंकडहरूलाई हाड, पत्थर र अक्करहरूलाई श्रोतादीर्घामा थिएछ केवल एक कहालीलाग्दो जडता वा कतै हिमालको कन्दरामा कुँजिएका जिन्दगीबाट थाक्नसम्म थाकेका सात चिरञ्जीवीको आक्रान्त मस्तिष्क । ब्रह्माण्डको नादसँग एकाकार ॐ कारजस्तो मेरो कविताको ध्वनिमा, सुन्छौ — आज पनि प...