तित्वालको कुकुर


सादत हसन मन्तो
अनुवादः महेश पौड्याल


सिमानामा, एउटा गरिहो उपत्यकाले छुट्याएका दुई सीमावर्ती पाहाडका टुप्पामा पाकिस्तानी र भारतीय सैनिकहरू धेरै सातादेखि आ–आफ्नै हिसाबले तैनाथ थिए । यदाकदा सनिने बन्दुकका दर्जनौँ राउण्ड आवाजबाहेक अन्य कुनै प्रकारको युद्ध भैरहेको थिएन । मौसम अत्यन्तै आनन्ददायी थियो । बतासमा जङ्गली फूलहरूको महक मिसिएको थियो र चट्टानपछाडि लुकेका र पहाडको झाडीमा छद्म पोशाकमा छरिएका सैनिकहरूबाट बेखबर प्रकृति आफ्नै स्वभाविक गतिमा अघि बडिरेहेको थियो । चराहरू सधैझै सङ्गीत भर्नमै मस्त थिए र फूलहरू फुलिनै रहेका थिए । माहुरीहरू गुनुगुनु गर्दै वरिपरि भनुभुनाइ रहन्थे थिए । अचानक कतैबाट एउटा गोलीको आवाज आएपछि मात्रै चराहरू सङ्गीतज्ञले सितारको तारमा एक्कासि झटका दिएजस्तै गरी आत्तिएर तितर–बितर हुन्थे  । 
सेप्टेम्बरको अन्तिमतिरको कुरो हो । न जाडो, न गर्मी । ग्रीष्म र शिशिरकले युद्धबिराम गरेजस्तो लाग्दथ्यो । माथि आकाशमा कपासजस्ता बादलहरू तालका डुङ्गाजस्तै तैरिरहेका थिए । 
सैनिकहरू भने ठोस केही नहुने यो अनिर्णायक युद्धबाट दिक्क भएजस्ता थिए । उनीहरूका बीच हारजितका सम्भावनाहरू थिएनन् । दुवै परस्पर विरोधी सेनाहरू दुई बराबरीको उचाइ भएका पहाडका टुप्पामा तैनाथ थिए र कुनै पक्षलाई अर्को पक्षभन्दा बढी सहज थिएन । तर तल भन्ज्याङ्मा भने एउटा गेगरिलो बाटोमा सानो नगबेलीे नदी मन्द सुसाइरहेको हुन्थ्यो, हरदम ।  
युद्धमा वायुसेनको सङ्लग्नता थिएन । दुवै सेनासँग भारी हतियार र गोलाबारुद पनि थिएनन् ।  राति उनीहरू आगो बाल्थे र पहाड छिचोलेर प्रतिध्वनित भएर आउने एकअर्काका बन्दुकका आवाजहरू सुन्थे । 
त्यो दिनको अन्तिम चियापान भर्खर सकिएको थियो । आगो पनि निभिसकेको थियो । आकाश सफा थियो । चिसो बतासमा घूपी–सल्लाको तीखो र मोहक सुगन्ध मिसिएको भान हुन्थ्यो । भारतीय शिविरमा रातिको पहरामा खटिएको जमदार हरनाम सिँहबाहेक सबै जवानहरू निदाइसकेका थिए । 
रातिको दुई बजेपछि उसले आफूलाई पालो दिनका लागि गैढा सिँहलाई उठायो । त्यसपछि ऊ ओछ्यानमा पल्टियो, तर निद्रा भने आकाशका ताराजत्तिकै टाढा थियो । ऊ एउटा पन्जाबी लोकगीत गुन्गुनाउँन थाल्योः— 

मलाई एक जोडी जुत्ता किनिदेऊ मायालु
तारा जडेका जुत्ता
बेच्नै परे तिम्रो भंैसी बेच
तर मलाई एक जोडी जुत्ता किनिदेऊ मायालु
तारा जडेका जुत्ता । 

गीतले उसलाई रमाइलो अनुभव गरायो र केही भावुक पनि बनायो । उसले एकएक गरी अरुलाई उठायो । उनीहरूमध्ये सबैभन्दा कान्छो र सुमधुर स्वर भएको बन्टा सिँह कालजयी पन्जाबी महाकाव्य “हीर राँझा” को प्रणयगीत गाउन थाल्यो । सबैका अनुहारमा एउटा विषाद दुखको छाया ओर्लियो । ती फुस्रा पहाडहरू समेत गीतमा व्यक्त पीडाले मर्माहत भएजस्तै लागे । 
तर एउटा कुकुरको भुकाइले यो भावुक माहौललाई खल्बल्याइदियो । जमदार हरनाम सिँहले भन्यो, “यो नर्के पनि कहाँबाट आयो उही बेला?”
कुकुर फेरि भुक्यो । ऊ अत्यन्तै नजिकै भाएको भान हुन्थ्यो । झाडीमा खस्¥याङ् गरेको आवाज आयो । बान्टा सिँह जाँचबुझ गर्न उठ्यो र एकैछिनमा एउटा ठिम्मर कुकुरलाई हातले समातेर तान्दै लिएर आयो । त्यो कुकुर पुच्छर हल्लाइरहेको थियो । 
“मैले उसलाई झाडीको पछाडि फेला पारेको हुँ ।  उसको नाउँ झुनझुन हो रे,” बान्टा सिँहले सुनायो ।  सबै जना हाँसे । 
कुकुर हारनाम सिँहकै नजिक गयो । हरनाम सिँहले झोलाबाट एउटा बिस्कुट निकाल्यो र नजिकै जमिनमा फ्याँक्यो । कुकुरले त्यसलाई सुँघ्यो । ऊ त्यस बिस्कुटलाई खानै के लागेको थियो, बन्टा सिँहले फुत्त थुत्यो र भन्यो, “पख, तँ पाकिस्तानी कुकुर पनि हुन सक्छन् । ”
फेरि सबै जना हाँसे । बन्टा सिँहले कुकुरलाई धाप मा¥यो र हरनाम सिँहलाई भन्यो, “जमदार साप, यो हिन्दूस्तानी कुकुर नै हो ।”
“ए कुकुर, तेरो पहिचार स्पष्ट गर,” हरनाम सिँहले कुकुरतिर हेर्दै भन्यो । कुकुरले पच्छर हल्लायो । 
“पुच्छर हल्लाउँदैमा पहिचन खुल्दैन, बुझिस्? सबै कुकुरहरूले पुच्छर हल्लाउँछन्,” हरनाम सिँहले थप्यो । 
“शरणर्थी हो, बिचरो,” बान्टा सिँहले कुकरको पुच्छर सुम्सुम्याउँदै भन्यो । 
हरनाम सिँहले आफ्नो झोलाबाट अर्को बिस्कुट निकाल्यो र भन्यो, “कुकुरलगायत सबै पाकिस्तानीलाई गोली हानिनेछ ।”
अर्को एउटा सैनिक करायो, “भारत माताको जय!”
त्यो कुकुर, जुन बिस्कुट खाने तरखरमा थियो, बीचैमा स्तवब्ध भएर रोक्कियो । उसले पुच्छर टाँगमुनि घुसा¥यो, र केही डराएझैं देखियो । हरनाम सिँह उसलाई हेरेर हाँस्यो, अनि एक टुक्रो बिस्कुट दिँदै भन्यो, “तँ आफ्नै देशवासीसँग किन त्यसरी डराएको हँ? ला झुनझुन । अर्को पनि खा बिस्कुट ।” 
एक्कासि छ्याङ्ङ उज्यालो भयो, कसैले बिजुली बत्तीको स्वीच थिचेजस्तो । त्यो उज्यालो बिस्तारै तित्वाल भनिने त्यस भेकका पहाड र उपत्यकाभरि फैलियो ।  
युद्ध महिनौदेखि चलि नै रहेको थियो । तर कसले जित्दैछ भन्ने कुराको हेक्का कसैलाई पनि थिएन । 
जमादार हरनाम सिँले त्यस इलाकाको जायजा लियो, दूरबिनले । अर्कापट्टिको पहाडबाट धुवाँको मुस्लो आइरहेको देखियो । यसको अर्थ यो थियो, उनीहरूले जसरी नै दुष्मनले पनि नास्ता तयार गरिरहेका थिए ।
पाकिस्तानी सुबेदार हिम्मत खान भने आफ्ना मुठेजुँघा मुसार्दै तित्वालको मानचित्रलाई अध्ययन गर्न थाल्यो । उसका बगलमा थियो उनको वायरलेस ओपरेटर, जो अन्यत्रै रहेका प्लाटुन कमाण्डरसँग सम्वन्ध स्थापित गरी केही निर्देशन प्राप्त गर्ने कोशिशमा थियो । केही फिट अगाडि, वसिर नाम गरेको अर्को सैनिक। एक चट्टानमा अढेस लागेर भैमै बसेको थियो र उसको बन्दुक उफ्नो अघिल्तिर थियो । ऊ गुन्गुनाइरहेका थियो ः—
कहाँ बितायौ रात, मेरी प्रिया, मेरी जून
कहाँ बितायौ रात? 

आफैँसँग मस्त ऊ अझ चर्को स्वरमा गीत गाउन थाल्यो, शब्द शब्दमा बढो चाख लिँदै । एक्कासि उसले सुवेदार हिम्मत खानको आवाज सुन्यो, “तिमीले रात कहाँ बितायौ, हँ?”
तर यो प्रश्न वसिरप्रति लक्षित थिएन । उनी त एउटा वेवारिसे कुकुरलाई गाली गरिरहेका थिए । त्यो कुकुर कुन्नि कतातिरबाट उनीहरूसम्म आइपुगेको थियो, केही दिन अगाडि । दुई दिन जति उनीहरूकै शिविरमा खुसीसाथ बसेपछि एकरात एक्कासि गायब भएको थियो । तर ऊ हराएको कुनै सिक्का पुनः भेटिएझै टुप्लुक्क आइपुगेको थियो, वापस शिविरमा । 
वसिर केही मुस्कुरायो र पुनः कुकुरतिर हेरेर गाउन थाल्यो, “तिमीले रात कहाँ बितायौ? कहाँ बितायौ?” 
कुकुर भने पुच्छरमात्रै हल्लाइरह्यो । सुबेदार हिम्मत खानले एउटा ढुङ्गो टिप्यो र कुकुरतिर मिल्कायो । “यसले गर्न सक्ने भनेकै पुच्छर हल्लाउने हो,” उसले भन्यो । 
“लौ, यसको घाँटीमा यो के हो हँ?” वसिरले आश्चर्यका साथ भन्यो । एउटा सैनिकले कुकुरलाई च्याप्प समात्यो र घाँटीमा झुण्डिएको डोरी फुकाल्यो । त्यसमा सानो कागजको बोर्ड झुण्डाइएको थियो । 
“यो के रहेछ?” पढ्न नजान्ने उक्त सैनिकले सोध्यो । 
वसिर केही अगाडि बड्यो, र बढा मुस्किलका साथ पढ्यो, “झुनझुन ।”
सुवेदार हिम्मत सिँहले आफ्ना प्रख्यात जुँघालाई फेरि एकपल्ट मठार्दै भन्यो, “यो कुनै साङ्केतिक भाषा हुनुपर्छ । अन्य के हुन सक्छ त, वसिर?” 
“हजूर सर । यसको अर्थ हो, यो एउटा भारतीय कुकुर हो ।” 
“हैन, यो कुनै गोप्य सूचना पनि हुनसक्छ,” वसिरले गम्भीरतापूर्वक जवाफ दियो । 
“यसमा केही रहस्य छ भने यही ‘झुनझुन’ भन्ने शब्दमा छ,” अर्को सैनिकले बढा बौद्धिक बन्ने चेष्टामा भन्यो ।” 
 “अझ राम्रोसँग हेर् त । अरु पनि केही कुरा छ कि,” सुबेदार हिम्मत खानले आदेश दियो । 
आज्ञाकारी बन्दै वसिरले त्यहाँ लेखिएको सम्पूर्ण कुरा पढ्योः “झुनझन । यो एक भारतीय कुकुर हो ।” 
सुबेदार हिम्मत सिँहले दूरसंचार उपकरण उठायो र प्लाटुन कमाण्डरलाई त्यस कुकुरको अचानक क्याम्पमा आउनु, फेरि हराउँनु अनि फेरि यस अवस्थामा वापस आउनुको घटनालाई अक्षरशः सुनायो । “हैन यो के कुरा हो यस्तो?” प्लाटुन कमाण्डरले सोधे । 
सुबेदार हिम्मत सिँहले इलाको नक्शा फेरि हे-यो । फेरि सिग्रेटको एउटा खोल च्यात्यो र त्यसको एक टुक्रो कागज वसिरतिर तेस्र्र्याएर भन्यो, “लौ । यसमा सिखहरूले प्रयोग गर्ने गुरुमुखी लिपीमा केही लेख् ।” 
“के लेखौं, साप?” 
“पख् है...” 
वसिरलाई केही लेखौंजस्तो लाग्यो  र भन्यो, “साप, ‘सुनसुन’ लेखौं ? झुनझुनको जवाफमा ‘सुनसुन’ । कसो होला?” 
“राम्रो । त्यसमाथि लेखिेदे, यो एक पाकिस्तानी कुकुर हो ।” 
सुबेदार हिम्मत सिँहले आफैं धागो खोजेर उक्त बोर्ड त्यस कुकुरको घाँटीमा झुण्डायो । त्यसपछि भन्यो, “जा अब, आफ्नै परिवारमा जा ।” 
उसले त्यसलाई एकटुक्रो बिस्कुट पनि दियो र भन्यो, “हेर्, साथी । बीचमा कुनै धोखाधडीको खेल खेल्न पाइँदैन नि । धोखाधडीको दण्ड भनेकै मृत्यु हो । बुझिस्?” 
कुकुर आफ्नो भागको खाना खाइरह्यो, र पुच्छर हल्लाइरह्यो । सुबेदार हिम्मत सिँहले उसलाई भारतीय केम्पतिर फर्काउँदै भन्यो, “यो सन्देश दुश्मनको शिविरसम्म पु¥या, अनि वापस आइज । यो तेरो कमाण्डरको आदेश हो, बुझिस्?” 
आफ्नो पुच्छर हल्लाउँदै नागबेली बाट्यो दुगुर्दै कुकुर ओरालो लाग्यो तल खौल्सातिर, जुन दुई देशका दुई पहाडका बीचको  सिमाना थियो । सुबेदार हिम्मत सिँहले आफ्नो बन्दुक उठायो र हावामा एक राउण्ड हान्यो । 
यस बन्दुको आवाजले भारतीय शैन्य टोली झस्कियो, कारण यस्तो हरकतका लागि अहिले सावेरै थियो । जमादार हरनाम सिँह, जसलाई केही काम नभएर निकै पट्टेर लागिरहेको थियो, बोल्यो, “लौ, यसको जवाफ दिऔं ।” 
दुवै थरीले केहीबेर गोली हानाहान गरे, हावामा आधा घण्टासम्म । वास्तवमा यो समयको फजुल खर्चमात्रै थियो । केही क्षणपछि जमादार हरनाम सिँहले यो वाहियात काम बन्द गर्न आदेश दियो । उसले आफ्नो लामो कपाल को¥यो, आफैंलाई ऐनामा ह¥योे, अनि बान्टा सिँहलाई भन्यो, “हैन त्यो झुनझुन कहाँ गएछ हँ?” 
“भनाइ नै छ नि साप, कुकुरलाई घिउ पच्दैन,” बान्टासिँट दार्शनिक भइपल्टियो ।
त्यतिकैमा त्यो कुकुर एक्कासि देखा प¥यो ।  त्यसलाई देख्ने सैनिक करायो, “उः साप । आयो ।” 
“को?” हरनाम सिँहले जिज्ञासा राख्यो ।
“त्यो कुकुर के । के थियो रे त्यसको नाम? झुनझुन ।” 
“के गर्दैछ त त्यो?” 
“यतैरित आउँदैछ, साप,” आफ्नो दूरबिन अझ सोझ्याउँदै सैनिकले भन्यो । 
सुबेदार हरनाम सिँहले उसको हातबाट दूरबित फुत्त खोस्यो । 
“हो, त्यही कुकुर हो, हुन त । तर त्यसको घाँटीमा केही झुण्डाइएको छ । तर पख । त्यो पाकिस्तानी पाहाडतिरबाट आइरहेको छ, माचि...” 
उसले बन्दूर उठायो, र निशाना साध्यो । गोली गएर कुकुरको नजिकै एउटा ढुङ्गमा लाग्यो । कुकर स्तब्ध भएर उभ्भियो । 
उता सुबेदार हिम्मत सिँहले बन्दुरको आवाज सुन्यो, र दूरबिन तेस्र्याएर हे¥यो । कुकर बीच बाटोबाटै फर्केर पछितिर दुगुर्दैथियो । 
“साहसीहरू यसरी युद्ध मैदानबाट भाग्दैनन् । जा, अनि आफ्नो कार्य फत्ते गरेरमात्रै आ,” उसले चर्को स्वरमा भन्यो । उसलाई अझ बढी तर्साउन उसले फेरि गोली पडकायो । यता भारतीय केम्पबाट हरनाम सिँहले पनि त्यसको जवावी फायर दियो । हरनाम सिँहको गोली त्यस कुकुरको अत्यन्त नजिकबाट गयो । यसबाट तर्सिएर त्यो कुकुर बुरुक्क हावामा उफ्रियो र कान बेतोडसँग हल्लायो । सुबेदार हिम्मत सिँहले फेरि केही राउण्ड गोली हान्यो । ती गोलीहरू नजिकका पत्थरहरूमा लागे । 
एकैछिनमा यो गोली हानाहान दुई शिविरका सैनिकबीच एउटा घमण्डको खेलमा परिणत भयो । बीचमा भयभीत कुकुर घरि यता, घरि उता दुगुरिरह्यो । हिम्मत सिँह र हरनाम सिँहको राक्षसी हाँसो उपत्यकाभरि प्रतिध्वनित भइरहन्थ्यो, घरिघरि । एक्कासि कुकुर हरनाम सिँहतिर दुगु¥यो, जसलाई उपहासको मुद्रामा उसले अनेक गाली गर्दै गोली हानिदियो । गोली गएर उसको खुट्टोमा लाग्यो । ऊ उफ्रियो, करायो र हिम्मत सिँह भएतिर दुगु-यो । तर उसले बाटोमा थप गोलीको सामना गर्नु प¥यो, जसले ऊ थप भयभीत हुन पुग्यो । 
“साहसी बन् । तँ घाइते भइस त के भो? त्यस कुरालाई तँ र तेरो कर्तव्यबीचको तघारो बन्न नदे । जा, जा । अगाडि बड्,” पाकिस्तानी कमाण्डरले भन्यो । 
कुकुर फर्कियो । एउटा खुट्टो त कामै नलाग्ने भइसकेको थियो । आफूलाई घिस्याउँदै हरनाम सिँहतिर दौडियो ऊ । तर हरनाम सिँहले आफ्नो राइफल उठायो, ध्यानपूर्वक निशाना लगायो, अनि हान्यो, “ड्याङ्!” । 
उता सुबेदार हिम्मत सिँहले एक थकित निश्वास लिँदै भन्यो, “लाछी, सहिद भयो ।” 
उता जमादार हरनाम सिँहले अझै तातै रहेको बन्दुकको नालमा औंलो घुमाउँदै भन्यो, “पाजी, कुकुरको मराइ म-यो ।” 
१९४९ 









Comments

  1. Your Affiliate Money Making Machine is ready -

    Plus, making profit with it is as easy as 1 . 2 . 3!

    Here's how it works...

    STEP 1. Tell the system what affiliate products you want to push
    STEP 2. Add some PUSH BUTTON TRAFFIC (it LITERALLY takes 2 minutes)
    STEP 3. Watch the affiliate products system explode your list and up-sell your affiliate products all on it's own!

    Are you ready to make money ONLINE??

    Click here to start running the system

    ReplyDelete
  2. Your Affiliate Money Printing Machine is waiting -

    Plus, getting it running is as simple as 1...2...3!

    This is how it works...

    STEP 1. Choose which affiliate products you want to push
    STEP 2. Add some PUSH button traffic (it ONLY takes 2 minutes)
    STEP 3. See how the system grow your list and up-sell your affiliate products all by itself!

    Are you ready to make money automatically??

    You can test-drive the system for yourself risk free...

    ReplyDelete

Post a Comment

Popular Posts

Introduction to some prominent Nepali poets prepared by Mahesh Paudyal

Dharabasi’s Radha: A Critical Introduction