Posts

विस्वासले गुड्ने गाडी र मेरो इतिहास

महेश पौड्याल “यो गाडी विस्वासले मात्रै गुडिरहेको छ है सर्!” यो भनाइ थियो मेरा लेखक मित्र वसन्तकुमार बस्नेतको । झसङ्ग भएँ म, र यता उती हेरेँ । साँच्चि नै, माथि पनि भीर, तल पनि भीर । साँगुरो बाटो, हिलैहिलो । न कालो पाटी, न ढुङ्गा–गिट्टी । चक्काका आधाआधी भाग हिलोभित्र आहाल खेलिरहेका थिए । मैले खडकाका झीलमा बाममाछा मारेको सम्झिएँ । कुरो कार्तिक, २०६७ को हो । त्यसो त कार्तिक त्यति धेरै पानी पर्ने महिना हैन । तर पनि त्यो साता बेमौसम पानी परेकोले बिब्ल्याँटेबाट सुल्बुङ् जाने बाटो हिलोले भरिएको थियो । निकै चिप्लो, कमेरो पोतिएको बाटो, भैँसीले भर्खर आहाल खेलेर दबदबे बनाएजस्तो । जीपको क्षमताभन्दा दोब्बर मान्छे सवार थियौँ हामी । कोदो र तोरीका बोरा पनि उतीनै । बोराको आसन बनाएर बस्न पाउनेहरू भाग्यमानी थिए, मैले मनमनै ईश्र्या गरेँ । पछाडिबाट कसैले हे¥यो भनेँ कतैबाट पनि त्यो जीपगाडी हो भनेर ठम्याउन सक्ने ठावैँ थिएन । त्यो कमिलाका हुलले पानीकिराको लास तानेजस्तो दृश्य थियो । अलिकति चिप्लिायो भने भीरैभीर तल खोँचमा जान सक्ने सम्भावनाहरू धेरै थिए । वास्तवमा गाडी विश्वासले नै चलिरहेको थियो । विस्वास...

हरियो घाम लाग्ने भूमिमा पन्ध्रमिनेटको यात्रा !

महेश पौड्याल “स्वागत छ, हरियो घाम लाग्ने भूमिमा !” ठूलो, हरियो बोर्डमा लेखिएको अङ्ग्रेजी सूचनालाई मैले यसैगरी अनुवाद गरेर पढेँ । हो, यही लेखिएको थियो सिमानामा । मैले निकैबेर सोचेँ, घाम कसरी हरियो लाग्छ? यो त कतै पनि हुँदैन, सम्भवै छैन । कहिलेकहिँ केही कुराको अर्थ बुझ्नुको प्रविधिकताभन्दा अर्थ नबुझेरै कुनै कुराको सौन्दर्यमा रमाउनुको छुट्टै अनुभूति हुँदोरहेछ । किन, कसरी, हुन्छ, हुँदैन, विज्ञान, दर्शन र यथार्थका झन्झटहरूबाट पर, एउटा काव्यिक मिठास र सौन्दर्यको चेतनाबाटै ग्रहण गरेँ मैले त्यस स्वागतलाई । आसाम र अरुणचलप्रदेशको सिमानामा निकैबेर उभियौँ हामी । प्रचण्ड गर्मीले डामेका आसामका पट्टेरलाग्दा फाँटहरू काटेर हामीलाई झ्याल भत्केको बसले अरुणचलप्रदेशको सिमानामा ल्याएर फालिदिएको थियो । शान्तिपुर — सानो सहर, सिमानाको सहर । उता हरियो घाम लाग्ने भूमि, यानि अरुणाचलप्रदेश । यता आसाम — धेरैले टेकेको, धेरैले देखेको, र लीलबाहादुर क्षेत्रीले लेखेको । उतापट्टि अरुणाचल — कतै नदेखिएका, कतै नलेखिएका अङ्ख्य नेपाली गरिबहरूका आँसु र पसिनाले सिँचेको माटोमा रहरदाल, सूनपाट र अदुवा फलाएर भारतलाई सम...

सभ्याताको बाटो सधैँ ओरालो

(Travel Essay) महेश पौड्याल “धादिङ? ए, पानीकै पधेँरो हो । दसौंपटक भैसक्यो गएको । सबै थाह छ । गाह्रो हुँदैन । जौं ।” धादिङमा साहित्यकार र युवा समाजसेवीहरूको पैदल यात्राको खबर पाएर लेखक कार्तिकेय घिमिरेले फोन गर्दा मैले यस्तै जवाफ दिएको थिएँ । “सबै थाह” हुनु भनेको कति थाह हुनु हो, मैले त्योबेलो सोचिनँ । स्याल हुइयाँ लाइयो, अनि गयौं । आज करिब दुई वर्षपछि सम्झँदा मलाई मेक्सिकोका लेखक बी ट्राभनको कथा “एसेम्ब्ली लाइन” याद आउँछ, जसमा अमेरिको न्यू योर्क शहरका व्यापरी विन्थ्रोप मेक्सिकोका गाउँ–गाउँ डुलेपछि भन्छन्, “सबै थाह छ । अब यो जाबो मेक्सिकोलाई मैले बुझ्न बाँकी नै के छ र?” विन्थ्रोपले न्यू योर्क बसेर बुझेको मेक्सिको अनि हामीले काठमाडौं बसेर बुझेको धादिङ उस्तैउस्तै सिद्ध भयो, अन्ततोगत्वा । हामीले बुझेको धादिङ भनेको हद भए धादिङबेंसी थियो । धार्के, बैरेनी, गजुरी र मलेखु त पृथ्वी राजमार्गका सबै यात्रीहरूले थाह पाएका स्टेशन हुन् । हामी भने कहिले बालसाहित्य सम्मेलन, कहिले अध्ययन परामर्श र कहिले पुस्तक विमोचन भन्दै गैरहने हुँदा थप बुझेका छौं धादिङलाई भन्ने घमण्ड पनि छँदैथ्यो । यात्र स...

जेखिमपूर्ण बौद्धिकता

पुस्तक समीक्षा (नयाँ पत्रिका, २८ असार) — महेश पौड्याल पुस्तक  :“विचारको उल्टो नदी” (कवितासङ्ग्रह) कवि  : सुवास खनाल प्रकाशक : निखिल प्रकाशन, हेटौडा पृष्ठ:  १२८ मूल्य  : रू. २०१÷— कवितामा हृदयविलासको प्राचुर्य र कोरा भावनात्मक अति–संवेगको बाहुल्यलाई न्यूनीकरण गरिनुपर्ने कुरालाई टट्कारो रुपमा बोध गरिँदै गरेको बेला कुसाग्र बौद्धिक चेतनप्रवाह र मूर्तिभञ्जनको घोषित अभिष्टबाट उठेको सुवास खनालको प्रथक कवितासङ्ग्रह “विचारको उल्टो नदी” तर्कैतर्कको कविता हो । कविताले गरेका तर्कहरूको आयतन लामो छ, जसले मूलतः राजनीति, समाजिक अव्यवस्था, आस्था–अनास्था र बौद्धिक अध्यासहरूमा विद्यामान कतिपय पुनारा र विपर्यासपूर्ण मान्यतामाथि हमला बोलेका छन् । कवि र कविताले बोक्नुपर्ने जिम्मेवारीप्रति अत्यन्त सचेत सुवास आफ्ना कवितालाई फगत कुण्ठाको विरेचन र कसैको प्रसस्तीगानका लागि खर्चिनु पर्ने भन्ने अतिरुमानी विचारको पनि विपक्षमा देखिन्छन् । उनी ठान्छन्, कविताले समाजसँग प्रत्यक्ष सम्वाद गर्नुपर्छ, र आम मान्छेको जीवनसँग सरोकार राख्नुपर्छ । जस्तो कि उनी लेख्छन् ः “यो स्वघोषणा÷मेरो...