Posts

त्यो अपरिचित अनुहार

महेश पौड्याल सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ । यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी, सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे, तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो । तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो, तर आज माछा तारेर बेच्ने, अथवा किन्ने–खाने मान्छे देखिँदैनथे । कोशी पुलमाथिबाट पूर्व–पश्चिम गुड्ने गाडीको सङ्ख्या पनि, बर्सातले होला, निकै नै पातलो थियो । शुक्र माझी सप्तकोशीका निर्जन बगरहरूको पर्यटक बन्न थालेको करिब एकवर्ष भइसकेको थियो । घरमा भुनी दिनरात भन्थी, “किन जान्छौ कोशीमा सधैँरु घरै बसे हुन्न ?” तर ऊ मान्दैनथ्यो । छिमेकी भन्थे, “माझी हो ऊ । नदीमा नगए के हिमाल चढोस् तरु” तर अरु माझीले जस्तो माछा मारेर नल्याएको वर्षदिन भइसकेको थियो । आज अबेर...

उपहार! (कथा)

Image
महेश पौड्याल नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे आपसमा खासै विचार विनियम गर्दैनन्। एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता छन् र मान्छे अन्जानजस्ता। खासै आवतजावत हुँदैन। ओल्लोपल्लो घरमा बिहेबटुलो हुँदा पनि बोलाउने, सघाउने चलन छैन। बरु भाडाका सहयोगी आउँछन्, काम फत्ते गरेर जान्छन्। म जुन टेलमा बस्छु, त्यसको बीचैबीच एउछा तेह्र फिटे पक्की बाटो छ। बाटोको दुवैतिर लहरै घरहरू छन्, एकअर्कातिर फर्केका। गेटका सामुन्ने गेट छन्, बार्दलीसामुन्ने बार्दलीहरू। यसरी, त्यो सानो बाटो वरिपरि दुवैतिर गरेर बाइस घरजति होलान्। कोही पूर्वका, कोही पश्चिम पहाडका, दुईचार घर तराईका। खासै अन्तरक्रिया छैन। गाउँकोजस्तो पारस्परिकता केही छैन। जागिरे पुरुष र महिलाहरू बिहानै निस्कन्छन्। साँझ फर्कन्छन्। घर कुरेर बस्ने बूढाबूढी, बाहिर जागिर नखाने गृहिणी, बिरामी र अशक्तहरू घरै बसिरहन्छ...

Birthday Next-door

Image
     Rama Adhikari  “Auntie, what’s that you are doing?” “Auntie, you work so hard, don’t you?” “Auntie, may I help you?” “Auntie, today I saw another Auntie just like you at the school.” Sandesh was uttering many sentences in sequence, trying to draw the attention of Sabina. Sabina would, however, give no heed to Sandesh. She was busy cooking. Sandesh and Aakash—Sabina’s son—were in the second grade at the same school. They were neighbors. They walked to school and back home together, and during leisure, played together in the neighborhood. However, for some days in the recent time, Sandesh had been visiting Aakash’s more often than usual. As soon as he reached home from school, he would throw his bag in the living room and rush towards Aakash’s. He would care little to have snacks, sit for study or complete homework. Sandesh’s father was worried to see this strange change in his son’s behavior. He tried to convince his son to stop making ...

तित्वालको कुकुर

सादत हसन मन्तो अनुवादः महेश पौड्याल सिमानामा, एउटा गरिहो उपत्यकाले छुट्याएका दुई सीमावर्ती पाहाडका टुप्पामा पाकिस्तानी र भारतीय सैनिकहरू धेरै सातादेखि आ–आफ्नै हिसाबले तैनाथ थिए । यदाकदा सनिने बन्दुकका दर्जनौँ राउण्ड आवाजबाहेक अन्य कुनै प्रकारको युद्ध भैरहेको थिएन । मौसम अत्यन्तै आनन्ददायी थियो । बतासमा जङ्गली फूलहरूको महक मिसिएको थियो र चट्टानपछाडि लुकेका र पहाडको झाडीमा छद्म पोशाकमा छरिएका सैनिकहरूबाट बेखबर प्रकृति आफ्नै स्वभाविक गतिमा अघि बडिरेहेको थियो । चराहरू सधैझै सङ्गीत भर्नमै मस्त थिए र फूलहरू फुलिनै रहेका थिए । माहुरीहरू गुनुगुनु गर्दै वरिपरि भनुभुनाइ रहन्थे थिए । अचानक कतैबाट एउटा गोलीको आवाज आएपछि मात्रै चराहरू सङ्गीतज्ञले सितारको तारमा एक्कासि झटका दिएजस्तै गरी आत्तिएर तितर–बितर हुन्थे  ।  सेप्टेम्बरको अन्तिमतिरको कुरो हो । न जाडो, न गर्मी । ग्रीष्म र शिशिरकले युद्धबिराम गरेजस्तो लाग्दथ्यो । माथि आकाशमा कपासजस्ता बादलहरू तालका डुङ्गाजस्तै तैरिरहेका थिए ।  सैनिकहरू भने ठोस केही नहुने यो अनिर्णायक युद्धबाट दिक्क भएजस्ता थिए । उनीहरूका बीच हारजितक...

Little Masters: Stories about Children

Little Masters (Stories about Children) Mahesh Paudyal To all those children of the world, who have not been understood by the adults A few words.... Most of the stories in this collection have been derived from real-life situations, while some are pure fictions. The ones that are real chronicle the tale of some of my students whom I could never understand as a teacher. My readers, if they are teachers might be pained by the revelation, but the experiences are my personal, and hence are the confessions of my own weaknesses. Yet, I believe that many teachers who read these stories will not be able to help biting their lower lips on finding their own reflections in the stories, though they may never tell it out or write for a thousand requests. I am convinced that our children get spoilt because we seldom try to understand their personal and internal worlds. Our egos and vaniti...