Posts

कथाः बार्दलीको एउटा अनुहार

[Courtesy: www.onlinekhabar.com]  अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ एकोहोरो बसको छेउ पिटिरहन्थ्यो । यात्रुहरू केहीबेर चुप लाग्थे, तर केहीबेरपछि रोकाइ असामान्य लागेपछि कराउने थाल्थे, “गुरुजी, जौँ न हो, अब त । ढिलो भयो ।” अनि बल्ल चालक स्टेरिङ घुमाउन थाल्थ्यो । काठमाडौँबाट त्रिशूली जाँदा होस् वा त्रिशूलीबाट काठमाडौँ, ओखरपौवाको यस बिसौनीमा उनीहरूको रोकाइ सधैँ नै लामो रहन्थ्यो । केही दिनपछि सहचालक अलि पुरानो भएपछि ड्राइभरसँग अलि नजिकिन थाल्यो । चालक–सहचालकहरूको बीचमा समान्यतः सुनिने हाँसोठट्टामा पनि सरिक हुन थाल्यो । मन खुल्दै गएपछि र अलि आँट आएपछि एक दिन उसले ओखरपौवाको यस असामान्य रोकाइका बारेमा चालकलाई सोध्यो । “अहिले भन्दिनँ । कुनै दिन भनौँला ।” यत्तिकैमा एक दिन त्रिशूलीबाट काठमाडौँ आउँदा उनीहरूको बस रानीपौवा पुग्दानपुग्दै खाली भयो । तीनचार जना यात्रु लिएर ओखरपौवा आए, र बिसौनीमा बसे । पछिप...

METAPHORS AND POETIC FRESHNESS

Image
Mahesh Paudyal  This write-up is an apology in favor of a recent argument that has gained wide currency in Nepali poetry: Nepali poetry should turn towards local resources for freshness. The argument is double-edged. In one hand, it questions the claim of originality in those poems that have fished metaphors from the global sea. Second, by arguing that poetry shall find a safer and fresher stay in being rooted in the domain of indigenous episteme, the argument calls for better research and understanding of what the ‘local’ is, in the era of globalizations. However, there are a couple of important theoretical risks associated with this claim, and as a supporter of the idea, I hereby undertake to defend the claim in anticipation of the possible rejoinders. Metaphors, perhaps, are among the most overused elements in poetry. By metaphors, I do not merely  mean the direct comparison as is commonly understood when this figure of speech is talked about. Metaphor, more broadly...

त्यो अपरिचित अनुहार

महेश पौड्याल सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका धारा खसाइरहेको छ । यो बेला कोशीमा कोही थिएन । बेफ्वाँक बगिरहेको थियो नदी, सागरतिर । किनारमा माझीका दुईचार डुङ्गा बाँधिएका देखिन्थे, तर मान्छेको छावासम्म पनि देखिँदैनथ्यो । तल कोशी ब्यारेजमा भने केही चहलपहल थियो, तर आज माछा तारेर बेच्ने, अथवा किन्ने–खाने मान्छे देखिँदैनथे । कोशी पुलमाथिबाट पूर्व–पश्चिम गुड्ने गाडीको सङ्ख्या पनि, बर्सातले होला, निकै नै पातलो थियो । शुक्र माझी सप्तकोशीका निर्जन बगरहरूको पर्यटक बन्न थालेको करिब एकवर्ष भइसकेको थियो । घरमा भुनी दिनरात भन्थी, “किन जान्छौ कोशीमा सधैँरु घरै बसे हुन्न ?” तर ऊ मान्दैनथ्यो । छिमेकी भन्थे, “माझी हो ऊ । नदीमा नगए के हिमाल चढोस् तरु” तर अरु माझीले जस्तो माछा मारेर नल्याएको वर्षदिन भइसकेको थियो । आज अबेर...

उपहार! (कथा)

Image
महेश पौड्याल नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे आपसमा खासै विचार विनियम गर्दैनन्। एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता छन् र मान्छे अन्जानजस्ता। खासै आवतजावत हुँदैन। ओल्लोपल्लो घरमा बिहेबटुलो हुँदा पनि बोलाउने, सघाउने चलन छैन। बरु भाडाका सहयोगी आउँछन्, काम फत्ते गरेर जान्छन्। म जुन टेलमा बस्छु, त्यसको बीचैबीच एउछा तेह्र फिटे पक्की बाटो छ। बाटोको दुवैतिर लहरै घरहरू छन्, एकअर्कातिर फर्केका। गेटका सामुन्ने गेट छन्, बार्दलीसामुन्ने बार्दलीहरू। यसरी, त्यो सानो बाटो वरिपरि दुवैतिर गरेर बाइस घरजति होलान्। कोही पूर्वका, कोही पश्चिम पहाडका, दुईचार घर तराईका। खासै अन्तरक्रिया छैन। गाउँकोजस्तो पारस्परिकता केही छैन। जागिरे पुरुष र महिलाहरू बिहानै निस्कन्छन्। साँझ फर्कन्छन्। घर कुरेर बस्ने बूढाबूढी, बाहिर जागिर नखाने गृहिणी, बिरामी र अशक्तहरू घरै बसिरहन्छ...

Birthday Next-door

Image
     Rama Adhikari  “Auntie, what’s that you are doing?” “Auntie, you work so hard, don’t you?” “Auntie, may I help you?” “Auntie, today I saw another Auntie just like you at the school.” Sandesh was uttering many sentences in sequence, trying to draw the attention of Sabina. Sabina would, however, give no heed to Sandesh. She was busy cooking. Sandesh and Aakash—Sabina’s son—were in the second grade at the same school. They were neighbors. They walked to school and back home together, and during leisure, played together in the neighborhood. However, for some days in the recent time, Sandesh had been visiting Aakash’s more often than usual. As soon as he reached home from school, he would throw his bag in the living room and rush towards Aakash’s. He would care little to have snacks, sit for study or complete homework. Sandesh’s father was worried to see this strange change in his son’s behavior. He tried to convince his son to stop making ...