Posts

Showing posts from 2014

कविताको शक्ति

साभार : नागरिक दैनिक, ४ आसोज २०७१ महेश पौड्याल चितवनको भरतपुरमा केही समयअगाडि आयोजित एक काव्यविमर्शमा मैले भनेको थिएँ “अहिले आइरहेका कविता अत्यन्त शक्तिशाली छन् ।” कार्यक्रमको अन्त्यमा मेरा अग्रज, गुरु र मार्गदर्शक कवि एल.बी. छेत्रीले मलाई कार्यक्रममै सीधै सोध्नुभयो, “महेश, कविता कसरी शक्तिशाली बन्छ? यसको परिभाषा दिनु जरुरी भइसकेको छ आज ।” म झस्किएँ । मलाई तुरुन्तै यस कुराको बोध भयो, म क्रिकेट मैदानको बाहिर बसेर खेल हेरिरेको दर्शक हुँ, जो सबै कुरा जानेको जस्तो प्रत्येक सोटमा कराइरहेको हुन्छु, र ब्रेडमेन, तेन्दुल्कर र लाराहरूलाई खेल सिकाइरहेको हुन्छु । मलाई राम्रैसँग बोध भयो, मैले जीवनमा एउटामात्रै पनि शक्तिशाली कविता लेख्न सकेको छैन । म पुनः घोत्लिएँ । म कुनै स्थापित कविलाई कविता यसरी लेख्दा शक्तिशाली हुन्छ भन्ने ल्याकत राख्दिनँ । तर साहित्यको विद्यार्थी र शिक्षक, र कविताको एक पागल अनुरागी पाठक भएका नाताले कुनै दिन म आफैँ कविता लेख्न कस्सिएँ भने त्यो आश्चर्यको विषय त पक्कै पनि हुने छैन । त्यसदिन, आफैँलाई निर्देशित गर्न म के मापदण्डहरू अपनाउँला? मैले आफ्नै लागि तयार गरेको कवित

गणतन्त्रको वकालत

— महेश पौड्याल साभार : अन्नपूर्ण पोष्ट दैनिक, २० भाद्र, २०७० समकालिन नेपाली कविताको मूल कथ्य भनेकै पहिचानको खाजी र सामाजिक रुपान्तरण हो । जीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न नसक्ने आदर्शवादी कविताको युग लगभग सकिएको अनुभूत गरिँदैछ । अजको, विशेष गरी युवापुस्ताको कविता अदालतमा जस्तो वहस गर्छ विभेदका विरुद्ध र सुरक्षित र सुन्दर भविष्यको पक्षमा जोरदार वकालत गर्छ । ऊ अतीतले छोडेका सम्पूर्ण ग्रहणहरूमाथि निर्मम प्रहार गर्न पनि पछि हट्दैन । उसलाई असङ्गत विरासतको उत्तराधिकारमा कुनै गौरववोध हुँदैन । ऊ वृहत्तर मानवीय हितका पक्षमा इतिहासका दारुण खण्डहरू च्यातेर फ्याँकिदन पनि तयार देखिन्छ । समकालिन नेपाली कविताको लक्षणका बारेमा प्रस्तुत गरिएका यी तमाम दलिलहरूको एउटा मूर्त पुष्टि हो रामगोपाल आशुतोषको नवीनताम कविताकृति “ईश्वर र फूलहरू” । “इन्द्रेणीको रङ्ग”, “मध्यान्तर” र “ईश्वर र फूलहरू” गरी तीन खण्डमा बाँडिएका उनका कविता मूलतः समायवोध र विद्रोहकै कविता हुन् । उनले एक बोरोमिटरकै शैलीमा देशले भोगेका पीडा र परिवर्तनको मापन गरेका छन्, र एकपछि एक शकुनी अभिष्टबाट निर्माण गरिएका भ्रमहरूको जालोलाई उदा

Postmodernism in Nepali Literature : A Theoretical Mimatch

Without being burdened by the imperatives  of defining categories—as those related with ‘postmodernism’ are terms overwrought by discussions across the academia all the world over and are conceptually indefinable—this paper claims that there is no overtly visible and identifiable symptom in Nepali literature that is strictly postmodern, though in painting, music, films and fashion, one could probably make a tally of things, both structurally and thematically, and make a table of the postmodern. Postmodern is not something that conforms to strict bracketable traits; rather, it encompasses many things at once, and therefore, is plural. There are many postmodernisms, and different authorities of the theoretical conundrum position themselves on different ends of the same thing, sometimes even to the degree that they contradict one another, and nullify the whole attempt to define. In fact, postmodernism sprang from the debates about finalities, and sought to jeopardize any attempt tow

A Hearing Adjourned Sine Die

Courtesy: www.kreativenepa.com S ulbung was a challenge to demographers. They could neither call it a village, nor a suburb, but it shared characters of both. It was a village, almost like a hinterland, because modernity at the level of thought was still a far cry. It was a suburb because an un-laminated road connected it with the main town—Ilam Bazaar—and occasionally, four-wheelers, carrying passengers, would run pass the village. It had a health-post, a high school, a post office and of course all small offices that made up the list of ‘modern’ civic amenities. Yet, Sulbung lacked many, many things. The Pradhans and the Barals, two families standing as primordial antitheses of one another, were still not in good terms.  The women Naini and Sukhani—hide-and-seek mates since childhood days—were their respective mistresses. The childhood intimacy had flown down the River Mai; one could not stand to see the other even with the broken eye at present. Naini had the privilege to

कवितामा युवा हस्तक्षेप

महेश पौड्याल पोखरा काव्य महोत्सव २०७१ की प्रमुख योजनाकार कवि सरस्वती प्रतीक्षाले प्रस्तावनामै भनिन्, “कविताको पनि शल्यक्रिया गरिनुपर्छ र लागेको रोग देखाइदिनुपर्छ ।” हुन पनि त्यस्तै भयो, उत्सवको दोस्रो दिनको परिचर्चामा । “नेपाली कविता ः हिजो र आज” विषयक सत्रमा होस् वा “कविताको रचना प्रक्रिया” विषयक बहसमा, नेपाली कवितामाथि गम्भीर रुपले बहस हुन अझै बाँकी रहेको, र नेपाली कविताको इतिहासभरि अहिलेसम्मको समालोचनाले नि¥क्यौल गर्न बाँकी धेरै विपर्यास र समस्याहरू रहेको कुरा छर्लङ्एिर आएको छ । यी बहसहरूले यो पनि झर्लङ्गाएका छन्, कि आजको युगमा नेपाली कविताको मुहार, प्रतिभावान युवा कविहरूको तुफानी उदय र जादुवी लेखनले जग्मगाएको छ । नेपाली कविताको हिजो र आजको बसहमा कवितपय प्रतिनिधि र मानक मानिएका कविहरू केवल “हिजो” को गर्भमा बाँचिरहेको प्रतीत भयो । देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानले भर्खरै भारतमा सम्पन्न गरेको काव्ययात्रामा भोगिएको यर्थाथ होस्, वा पोखरा काव्य महोत्सवमा भोगिएको अनुभव होस्, दशकौंदेखि लेख्दै आएका अधिकांश कविहरू केवल कविताको “हिजो” को प्रतिनिधित्व गरिरहेका छन् र कविताको “आज” को बाग

आगतमा नेपाली कविताको बाटो

एक प्रस्तावना — महेश पौड्याल (गत साल धरानमा कलरबले आयोजना गरेको कविता साँघुमा प्रस्तुत कार्यपत्र हो यो) नेपाली साहित्यमा आधुकिताको प्रस्थानविन्दुबारे धेरै मतान्तरहरू छन् । तर, समालोचक लक्ष्मण गौतमको दावीअनुसार १९९२, फागुन १६ गते, (सन् १९३५ मा) गोरखापत्रमा प्रकाशित गोपालप्रसाद रिमालको कविता “कविको गान” नै सचेतरुपमा लेखिएको प्रथम आधुनिक नेपाली कविता हो (थ), यद्यपि त्यसै साल प्रकाशित रिमालकै “...प्रति” लाई यसको प्रस्थातविन्दु मान्नेको सङ्ख्या पनि धेरै छ । “कविको गान” लाई आधुनिक भन्नुपर्ने दुईवटा आधार छन् । पहिलो, यो कविताको स्वरुपमा अपरम्परित थियो, गद्य थियो । दोस्रो, यसमा आफ्नो समयको चेत थियो, र यो पूर्ण सचेतताका साथ परम्पराको व्यतिरेकमा लेखिएको थियो । यसरी हेर्दा हामीले “आधुनिक” काव्ययात्रा गरेको असी वर्ष पूरा हुनलागेको छ । आधुनिक नेपाली आख्यान र गैरआख्यानको दशा पनि यस्तै–यस्तै नै हो । आठ दशकपछि साहित्यको विश्व मानचित्रमा नेपालको उपस्थिति त्यस्तो सन्तोषजनक देखिँदैन । विश्वसाहित्यको विशाल आकशमा हामी आफ्ना लागि एक गर्विलो स्पेसको दावी गर्न सकिरहेका छैनौं । त्यसैले त थियोडोर र