Posts

Showing posts from 2017

The dream of a borderless world

MAHESH PAUDYAL AND UJJWAL PRASAI For many in English academia, if Gayatri Chakravotry Spivak admits to not knowing the answer to a particular question, it means that it is probably unknowable. Even when she does know the answers, they are oftentimes perplexing. Spivak is characterised by something of an enigmatic personality; she is not easy to comprehend. And it was this side of her that enthralled those gathered to hear her speak at the recent Dabur Excellence Series in Kathmandu. Spivak spoke at two sessions during her visit, one at IACER in Old Baneshwor on Dec 20, and the other at Hotel De l’Annapurna in Durbar Marg on Dec 21. The delivery at IACER was fundamentally academic, and dwelt on the theoretical premises Spivak works with. The question of subalternity obviously arose, for which Spivak had a clear-cut position: The term ‘subaltern’ has lost its power to indicate people from the very bottom layer of society. She observes that unlike what Marx thought of the proletar...

जोखिमपूर्ण उडान

Image
छालहरू किन पानीमा डुबिरहेको सूर्यलाई थोप्लो बनाएर बनिदिन्छन् प्रश्नवाचक चिह्न? (फूलको बान्ता)   यो सुन्दर दृश्यविम्ब र यसले बोकिल्याएको कालातीत यक्ष प्रश्न कवि भूपिनको हो। यस्ता अनेका सुन्दर विम्ब र शूक्तिमय अभिव्यक्तिहहरूको संग्रह हो उनको पछिल्लो कविताकृति 'सुप्लाको हवाईजहाज', जसको चर्चा नेपाली कविताको फाँटमा अहिले उत्कर्षमा छ।    यसको आगमनसँगै नेपाली कविताका पारखीहरू कवि भूपिनलाई उनले करिब एक दशकअघि दिएर गएको हस्तक्षेपकारी संग्रह 'हजार वर्षको निद्रा'को सापेक्षतामा हेरिरहेका छन्, र कतै उत्साहित देखिन्छन् भने कतैचाहिँ माथि उनैले सोधेको यक्ष प्रश्न उनैतिर तेस्र्याइरहेका छन्  उनको कविताका छालहरू किन... बनिदिन्छन् प्रश्नवाचक चिह्न?   एउटा ओजिलो कवितासंग्रह, कुनै पनि कविका लागि निश्चय पनि लाइफटाइम एचिभमेन्ट हो। सधैंसधैं न यस्तो संयोग जुरिरहन्छ, न त त्यो उत्कर्ष छोइरहनु कुनै एक कविका लागि सम्भव हुन्छ।   थोरै कविहरू यस्ता हुन्छन्, जो एकपछि एक संग्रहरूमा नयाँनयाँ उत्कर्षहरू छुन्छन्, आफैंलाई विनिर्माण र नवनिर्माण गर्छन्, र पुनः आफूभित्रको ...

पारिजातको घरमा

Image
चियाका पात चुँडेर चाख्दै, तल छोटा रंगितको किनार सम्झँदै, बालसन नदी र दार्जेलिङे साहित्यको सम्बन्ध केलाउँदै, फोटो खिच्दै र स्तब्ध हुँदै हामी ती ढुंगाको अन्तिम खुट्किलोमा आइपुग्यौं, जहाँबाट ओर्लनु हामी सबैका लागि एक विशिष्ट प्राप्तिको भागी हुनु थियो । निकै माथिदेखि नै हामी टिनका लमतन्न तन्किएका केही छाना एकआपसमा खप्टिएका देखिरहेका थियौं । टिन लगभग पूर्ण रूपमा खियाले खाएर खैरो भएको थियो । घर उँधो पाखोतिर पर्खिएको कुनै एक डिल वा थुम्कोको आडमा बनेको हुनाले घरको प्रमुख द्वार, झ्याल र ढोका हामीले अझै देखेका थिएनौं । महेश पौड्याल हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिजिङमा । २०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउन्डेसनले हामीलाई द...

Poverty Porn

Mahesh Paudyal Alleviation of poverty is an age-old joker's cry. It is a cock-sure priority in all budget plans and social welfare projects around the world. It still persists, and is likely to linger on. The sufferers might change, though. The question of poverty is an intricately complicated socio-psychological issue. It might be an economic state apparently, but it pervades far beyond social realism, and cuts across individual ambitions and innate human desire to rule and dominate. In this context, poverty of the poor becomes a fundamental necessity to those who are economically well-off, and occupy positions of power in the nation, or in the society. The vexation of this problem of poverty, which in fact is a hundred-percent economic issue, is brought about by political actors, who manipulate the question of poverty for votes or for power. They need the poor mass for distributing dreams, and cashing emotions to ascend the ladder to power. They maintain poverty, ...

समकालीन सार्क साहित्य : एक सर्वेक्षण

महेश पौड्याल परिचय “सार्क साहित्य” भनिने कुनै प्राज्ञिक साहित्यक संज्ञा छैन । यसलाई यस आलेखको शीर्षकमा एक रणनैतिक तात्विकताका लागि मात्रै पयोग गरिएको हो । यसका केही कारणहरू छन् । “दक्षिण एसियाली साहित्य” भन्ने नामले दक्षिण एसिया एउटा अक्षुण्ण भूभागको अवधारणा प्रस्तुत गर्दछ, तर दक्षिण एसियाजत्तिको विविधतापूर्व भूभाव सायदै अन्यत्र कतै होला । राजनैतिक दृष्टिले पनि दक्षिण एसियाली समता एउटा पेचिलो विषय हो । भारत र पाकिस्तानको लामो र निरन्तरको द्वन्दले यस क्षेत्रमा यस्तो ऐक्यलाई विकसित हुन दिएको देखिँदैन । साथै, युरोपियन युनियनजस्तो दक्षिण एसिया कुनै एकीकृत भूराजैतिक व्यवस्था पनि होइन । अमेरिकी सरकारले दक्षिण एसिया मामिलाकै लागि एक मन्त्रालयको गठन गरेपछि दक्षिण एसियालाई विश्वले एक अक्षुण्ण भूभावको रुपमा स्वीकार गरेको त पाइन्छ, तर यो मात्र व्यापारिक र सूरक्षाका दृष्टिले बनाइएको अवधारण हो । लामो समयसम्म “कमनवेल्थ राष्ट्र” भनेर पनि यी राष्ट्रहरूलाई भनियो, तर कमनवेल्थ बेलायती महारानी अलिजावेथलाई राष्ट्रप्रमुख मान्ने र अतीतमा बेलायती उपनिवेशमा रहेका राष्ट्रहरूको संगठन भएका कारण दक्षिण एसि...

जून नलागेको एक कालो रात

दुई हज्जार सात साल, जून नलागेको एक कालो रात समयले खुँडा चलाएपछि हामी माइपोखरीमा अन्तिमपटक अनुहार हेरेर ओरालो लागेका थियौँ र उज्यालो नुहँदै सिमाना काटेका थियौँ । हामीले सँगै लिएर हिँडेका केही भोका सपनाहरूलाई समयले बीच बाटोमै खोसेको थियो र लगाएका थिए एक कुरुप भोज । लहलहाउँदो खेत रुँदै थियो, टारभरि टुहुरा देउताहरू विक्षिप्त थिए देउरालीमा पर, कञ्चन्जङ्घाको शिर अलिकति झुकेको थियो र इतिहासको यस दारुण प्रहसनमा चियाबारीको सबै हरियाली निःशब्द रोइरहेको थियो निकै तलसम्म हामीलाई साथ दिएको हो जोगमाईले तर, हाम्रो यात्रा एउटा कुइनेटोमा मोडिएपछि उसले पनि हामीलाई आधाबाटोमै छोडिदियो र बग्यो सागरतिर बिरहको गीत गाउँदै तल, मेची पुलमा लम्पट बिहान टर्च बालेर सिकार पर्खिरहेको भेटेका हौँ हामीले आनै मृत्युपत्रमा सहीछाप गरेर हामीले मेची पुल काटेका थियौँ । पूर्व जाने रेलका लिकहरूमा किचिएर अलिकति तरुणाइ बग्यो, बोक्सीहाटको मायावी तन्त्रासले अलिकति रगत निल्यो फालेलुङ्को पहिरोमा स्वाभिमानको एउटा हात बग्यो बहुलाएको टिस्टामा अलिकति आत्मगौरव बग्यो मुटु यतै छोडेर जानेहरूले ...

नेपालबाहिर देवकोटा

Image
महेश पौड्याल  महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिमा , घर - घरमा , सभा - समारोहमा , प्रतियोगिताहरूमा , सामान्य ज्ञानका सन्दर्भमा , राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ । देवकोटाको स्थान नेपाल बाहिर के - कस्तो छ , उनलाई नेपाल बाहिरको मुलुकका पाठक , समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन् , यो सबैका लगि चासोको विषय बन्नसक्छ । यदाकदा सुनिन्छ र धेरै विद्वान्हरू यस भनाइसँग सहमत पनि देखिन्छन् कि देवकोटाजस्तो विलक्षण प्रतिभा नेपालजस्तो गरिब , र बौद्धिकताको कदर गर्न नजान्ने देशमा नजन्मिएर कुनै अर्कै देशमा जन्मिएका भए आज विश्वसाहित्यमा उनको स्थान धेरै ऊँचो र सम्मानित हुने थियो । राहुल सांकृत्यायनलाई सायद थाह थियो , देवकोटाजस्तो विलक्षण प्रतिभा एक जुगमा एकपटक आउँछ र विश्वलाई नयाँ बाटो दिएर जान्छ । हो सबै लेखक सोफोक्लिस , होमर , दाँते , शेक्सपियर , टोल्सटय र वर्डस्वर्थ हुन सक्दैनन् । उनीहरू लामो कालखण्डमा जन्मन्छन् र संसारल...