पलियाबाट पुनरवासः यात्रा विपर्यासहरूको
– मेहश पौड्याल
“आज पलिया जानुपर्छ, गाडी तयार छ । आठबजे आइबेडी आइपुग्नु,” भन्ने खबर बेलुकै पाइयो । खबर पठाएकी रैछिन् रमा अधिकारीले । निहु थियो बिहेको किनमेल । कस्तो अचम्म? उहिले बाहरूका पालामा बेहुला–बेहुली एकअर्कालाई बिहेको जग्गमै मात्र देख्थे रे पहिचोपटक । हिँजोआज त फोन गरीगरी, बिहेको समान किन्न पनि सँगै जान थाले । किन यस्तो, प्रश्न सोधियो । रमाले भनिन्, “दुबैतिरकाले एउटै सामान किन्नु नपरोस भनेर । एउटै मालमा दुईतिरकाले किन खर्च गर्नु बेकारमा । ” मितव्ययिता भनेको यही हो सायद ।
मेमसाहब को आदेश थियो, हस्याङ्फस्याङ् गर्दै भोनेको समयमा आइबेडी पुगियो । आइबेडी अर्थात आइ.बी.आर.डी । कञ्चनपुर जिल्लाको पूर्वी सिमानाको त्रिभूवनबस्ती गाबिसको एक भेक । उहिले इन्टरनेशनल बैङ्क फर रुरल डिभेलम्पेन्ट (आइ.बी.आर.डी.) ले बाडीपीडितहरूको पुनर्बासका लागि यो क्षेत्रलाई बिकसित गर्ने जिम्मा लिएको भन्ने थाहा पाइयो । अब यति भए पछि अपभ्रंशका सम्राट नेपालीहरूलाई के जाहियो? आइबेडी बनाइदिए त्यस ठाउँको नाम । बिकास ग¥यो कि गरेन बेङ्कले, त्यहाँबाट चुनिएका जनप्रतिनिधिले के गरे, उत्तरबिहिन प्रश्न छ । नत्र हरेक पल्ट पानी परेको बेला धनगढीबाट बसमा चढेर पुनरबास जाने यात्रुले छातीमा हात राखेर राम राम भन्नु पर्ने थिएन । आखिर तराइको समतल बाटो, इच्छाशक्ति भए धन कति पो लाग्थ्यो र? जय नेता!
प्रश्न फेरि पनि उठे, “त्यहाँबाट एक घण्टाको बाटोमा पर्ने धनगढी, या करीब डेढ घण्टाको बाटोमा पर्ने महेन्द्रनगरतिर नहान्निएर बिहेको सामान किन्नेहरू किन भारतको पलियातिर हान्निन्छन्?” सजिला र सस्ता उत्तरहरू दिन सकिन्छ । राष्ट्रीयताको सन्दर्भ साँचो हो, हामी सबैको राष्ट्रभक्तिमा पनि शङ्का गर्ने ठाउँ छैन । तर हिँजोको दस रुपिया किलो गोल्भेंडा आज चालीस हुँदा पनि सहेरै बस्नु सायद राष्ट्रीयता हैन । महँगीको मारबाट बाँच्न नेपालीहरू छिमेकी बजारतिर हान्निन्छन् । हामीलाई पनि भनियो, नेपालमा एउटा बिहेको खर्चले भारतमा अझै पनि चारवटा बिहे सम्भव छ । कस्तो उखरमाउलो हो यो महङ्गी?
गौरिफन्टाको बजार उठेछ । सामरिका कारणहरले हो भनियो । प्राय मानिसहरू गौरीफन्टातिर जाँदैनन् । उनीहरू बसैया जान्छन्, सम्पूर्णानगर जान्छन् अनि त्यही बाटो पलिया पुग्छन् । बसैया आइबेडीबाट मज्जाले हिँड्दा आधी घण्टा । सामानतुमान ल्याइन्छन् साइकलमा । के आउँदैन? सबै आउँछ । चिनजान छैन भने धेरै प्रश्न झेल्नुपर्छ सीमा सुरक्षामा खटिएका एसएसपीका जवानहरूबाट । चिनजान छ भने जे पनि चलेगा ।
कुरो गौरिफन्टाको थियो । गौरिफन्टा सुन्दर आरक्ष क्षेत्र । बाघ पनि पाइन्छ भन्ने सुनियो । गफै त हो, अस्ती ऊत्यो रुखको छेउमा मैले मेरै आँखाले बाघ देखेँ भन्ने एकजना विद्वान पनि भेटिए, स्वागतै गरियो उनको भनाइलाई पनि । आठबजे हिँडेका मान्छे हामी, एकघण्टाको बाटो भन्थे, एकबजेतिर पलिया पुग्यौं ।
थुप्रै थियौं हामी, किनमेल गर्न हिँडेका । पुरुषमा डाइभरदाइ र ममात्रै । डाइभर आफ्नै सुरमा, हुनु पनि प¥यो । म परें कमसेकम छजना महिलाहरूको बीचमा, अनि कुरा खाली बिहेका । हे भगवान, कहिले आउँछ पलिया! टेर्न त किन टेर्थें म पनि । मेरो जागिरै बोल्ने, बोलिरहें । जति हुनु लाज भयो होला, नयाँ बेहुलीलाई ।
पलिया पुगियो, किनमेल भयो । भनेजस्तै सस्तो रहेछ बजार । फोहोरको चाहिँ कुरै नगरौं । दक्षिण एसियाको बढे दादा भारत विश्वमा आफ्नो साख देखाउन उद्यत छ । परमाणु पनि पड्काकै हो । आइटीमा सबैलाई जिल्ल पारेकै हो । तर यो जताततैको फोहोर र कहिल्यै नियन्त्रणमा नआउने जनसङ्ख्या भारतको पनि पहुँचभन्दा टाढाको कुराजस्तो देखिन्छ । कलकत्ता जान्छु भन्दा साथीहरूले यसै होइन रहेछन् भनेका, “ए, उसो भए सेतो कपडा नलैजा । दिनभरिमा काले भैसक्छ । ”
पलिया, कलकत्ता, कुरो उस्तैउस्तै हो । ठूलोसानोको कुरामात्र हो फरक भनेको ।
किनमेल सकियो । अघि चढेर आएको गाडी वर्कशपमा छ, पर्सिमात्रै जान्छ भन्ने सुनियो । सार्वजनिक गाडी छैनन् भन्ने पनि सुनियो । फाट्टफुट्ट चले गाडी, तर बसैया जाने भेटिएनन् । हामी जानुपर्ने बसैया, जहाँबाट आधा घण्टा हिँड्नु सबैको नियति नै थियो । फसादको अर्को नाउँ पलिया ।
साँझको पाँच बेजेको हुनुपर्छ । थाह छ, एकैछिन पछि घाम अस्ताउनेछन् । करीब पैंतीस किलोमिटरको बाटो हुँदो हो, पलियाबाट पुनरबास । गाडी आएनन् । आए, तर उतीँ पल्तिर जाने भन्ने खाले मात्रै । एकघण्टा जति सडक कुरेपछि हुइयँ आयो एउटा बस, पुरातात्विक खोजगर्नेहरूले पृथ्वीमुनिबाट खनेर निकाले जस्तै पुराऽऽऽनो । तर कम्पनी परेछ टाटा । बाबाले भनेको सुनेको थिएँ, टाटाका गाडी, जुत्ता र केदालो विश्वकै दामी ।
सिट छैन । खुट्टो टेक्ने ठाउँ छैन । गार्मीको मौसम, साँझ परे पनि तापक्रममा कुनै सुधार छैन । ठिटैठिटा भए एउटा कुरो । बूढी आमा पनि हुनुहुन्छ साथमा, अस्वस्थ पनि हुनुहुन्छ । अरु तरुनीहरू छन् पाँच–छ जना । हुने वाली दुलही पनि सँगै । जूनतारा झार्नेहरूको पनि केही लाग्दो रहेनछ, परिस्थिति नै बैरी भएपछि ।
त्यस बसलाई छोड्ने निधो भो । निकै प्रयास गरियो, अरु गाडी खोज्ने । बेहुलापट्टिका निकै पावरवाला रहेछन् भन्ने भ्रम सिर्जना गर्नु पनि थियो । गाडी रिजर्भ गर्छु भनेर रौसिएँ, तर एकैछिन्मा ओइलाएँ । बामदेव गौतमले बनाएका नाङ्ले पसलसम्वन्धी कानूनजस्तै । गाडी भए पो रिजर्भ गर्नु?
सात बज्दा एक ठेलम्ठेला गाडी रोकियो । सबैसँग अनुनय गरें, बूढी आमालाई कतै राखिद्यौ । होगा होगा भन्दै आमालाई भित्र ठेलिहाले । अरुले छतमा बस्ने निधो ग¥यौं । जिन्दगीमा पहिलोपल्ट आइमाई मान्छे बसको छतमा बसेर यात्रा गरेको देखें । गजक्क पनि परें । कसैले लोकसेवा आयोगको प्रारम्भिक परीक्षामा “पहिलोपल्ट बसको छतमा यात्रा गर्ने नेपाली महिला कोको थिए?” भन्ने प्रश्न सोध्यो भने धेरैलाई त्यसको उत्तर आउने छैन । मलाई आउनेछ, तर उत्तर दिन मैले सङ्कोच मान्ने छु । आफ्नै बेहुलीको नाउँ कसरी लिउँ?
पुलिसले पनि हेरिरहे । देखे । केही भन्न सकेनन् । मान्छे विकल्प भएपछि सौखिन हुन्छ, बिलासी हुन्छ । बिकल्पहरू मासिँदै गए पछि मान्छे सम्यक हुन्छ, संयमित हुन्छ । संयम भनेको बिकल्प मास्नु हो, बिकल्पहरूलाई छाँट्नु हो र कि एक, कि त शून्यमा ल्याउनु हो । धनी गरीब भनेको पनि बिकल्पहरूको मापन हो सायद । गुन्द्रूक–ढिडो खानु भनेको पनि बिकल्प नहुनु हो ।
कानून पनि त्यस्तै हो सायद । बिकल्प हुनेहरूमाथि कानून लाद्न सकिन्छ । नहुनेहरूलाई के गर्नु हुन्छ? नेपालगञ्जबाट जुम्लाका लागि उड्ने जहाज या हेलिकप्टरभित्र डोको, नाम्लो, हलो र जुवा पनि राखिन्छ भन्दा बेलायतको हिथ्रो एयसपोर्टका उडान कर्मचारीले सायद पत्याउँदैनने । सिञ्जाका मदन रोकायालाई थाह छ, जाँतो पनि लगिन्छ कहिलेकाहिँ यसरी । उडानसम्बन्धी कानूनले के भन्छ? जेसुकै भनोस, त्यो कानून विकल्प हुने ठाउँमा मात्रै लागु हुन्छ ।
बिकल्पकै कुरा गरौं । काठमाडौंका होटलहरूमा “पुरुष” को शौचालयमा महिला जाँदैनन । उनीहरू “महिला” लेखेतिर जान्छन् । यताको उता प¥यो भने बेजत हुन्छ । अनिता देसाइले भनेजस्तो “गोरा पुरुष”, “गोरा महिला” र “अन्य” लेखिएका शौचायमा तपाइँ कता जानुहुन्छ ? तपाइँ पुरुष कि महिला । नियम या कानून विकल्प हुनेहरूलाई । न्यूनतम मानविन्दू निर्विकल्पहरूलाई ।
निर्विकल्प थिए छतमा चढेका ती महिलाहरू । राम्रा देखिए । यो दुर्लभ दृश्य थियो, खूब मज्जाले हेरेँ । धेरैले देखेका छैनन् त्यस्तो दृश्य । यो बसाइको सकारात्म पक्ष पनि थियो । खुला हावा आइरहन्थ्यो, चिसो । कोचाकोच भएर भित्र बस्नेहरू पाके हुन गर्मीले । आमालाई सम्झिरहें झलझली, यात्राभरी । आमा, यसै पनि गर्मी खप्न नसक्ने । त्यसैमाथि डाइबिटिज । दैलोमा उभिएको खलाँसीलाई बारम्बार सोधिरहेँ, “माँ बैठी हई है ना । ” “हाँ, हाँ । माँ ठीक है, आप चिन्ता मत करिए,” जवाफ आइरह्यो । पत्याउनुको विकल्प थिएन, पत्याएँ । बिजुलीका नाङ्गा तारहरूबाट एक इन्चको दूरीमा जिन्दगी हुत्तिइरह्यो निरन्तर, बसाइतर्फ ।
सम्पूर्णानगर नपुग्दै, खै के भन्ने ठाउँमा हो, भित्रका आठदसजना मान्छे झरे । छतकालाई भित्र जान भनियो । राहत आयो, मरणोपरान्त पाएको परमवीरचक्र जस्तो । मलाई आफ्नो चिन्ता थिएन, आमा कहाँ हुनुहुन्छ भनेर हतारहतार पसेँ ।
गाँधीको देश । सत्य र अहिंसाको देश । गाँधी एक थिए, र सायद एकमात्र थिए यी आदर्शका हिमायती । उनीभन्दा पहिले पनि सुनिएको थिएन । पछि त हाम्रै युग । हाम्रो युगमा लक्खुभाइ पाठकको नाम सुनियो, हरसद मेहता आए, सुरेश कलमाडी जेलमा छन्, नरसिंह राव भ्रष्टाचारका पर्याय बने, शिबु सोरेन रिस्वत काण्डमा फँसे, लालकृष्ण अडभानीको नाम बाबरी मस्जिद काण्डमा आयो, अरु कति कति । तर गाँधी? गाँधीको हत्यासँगै भारतमा सत्य र अहिंसा सायद राजघाटमैं समाधिस्त भयो । त्यो खलासी, जसले यात्राभरी आमाको चिन्ता नलिन भनिरह्यो, त्यसले पनि सायद सुनेको थियो गाँधीको नाम । त्यति बिधी मान्छे झर्दा पनि अझै खचाखच त्यस बसभित्रको एक कुनामा मेरी आमा, अझै उभिइरहेकी । थरथर काँपीरहेका थिए उनका हात, पसिना बगिरहेका थिए तर्तरी । मैले पुलुक्क हेरें । मन्द मुस्कानसँगै मेरै बारेको चिन्ता र चासो गुञ्ज्यिो, “सञ्चै छौ? बस्ने ठाउँ पायौ के?”
प्राय सबै कविहरूले आमाको बारे कविता लेखेका हुन्छन् । संसारमा धेरै चर्चा कमाएको किताबमा शीर्षक “आमा” छन् । मेक्सिम गोर्कीले त विश्वमै आगो फुके । यसैसाल आमा शीर्षकाका दुई किताब पढें । मणिपुरका लेखक देवी प्रसाद थापाले “आमा” शीर्षकका लघुकथा सङ्ग्रह छापेर पठाइदिए । प्ररम्भिक टिप्पणीमा मैले भनें, “अर्को शीर्षक भेटिएन?” कृष्ण धराबसीले भर्खरै कथाकृति ल्याए “आमा” । उनलाई पनि, मलाई पनि माया गर्ने एकजना नियात्राकारलाई भनें, “हैन दाइले के गरेका हुन् यो हँ? अर्को शीर्षक जुराउन सक्दैनथे?” आज आएर मेरो विचार फेरिएको छ । संसाका सबै पुस्तकहरूको शीर्षक “आमा” राखिए पनि, र तिनीहरूले आमाकै बारेमा लेखे पनि आमाबारे भन्न बाँकी धेरै, धेरै कुरा रहने नै छन् ।
आमालाई देखें, टिठ लाग्यो । त्यो खलासी निर्जज्ज कराइरहेको थियो ढोकामा “सिट खाली, सिट खाली ।” गान्धीको देशमा झूठ र हिंसाको खेती गरेर सत्य र अहिंसाका आदर्श छाँट्नेहरूलाई धिक्कार! हुन त मेरै देशमा पनि यस्ता मान्छे छैनन् भनेर म भन्दिनँ । अनामनगरबाट पानीपोखरी जानु थियो, बार रुपियाँ भाडा, हजारको नोटमात्रै । खलासीले गाली गर्छ साट्नु प¥यो भनेर करीब दसबटा पसल चाहार्दा कसैले दिएन । पछि, तिनै पसलहरूमध्ये एकमा गएर पाँँच रुपियाँको कलम किन्दा नौसय पांचानब्बे रुपियाँ फिर्ता पाएँ, र बोनसमा एउटा मुस्कान पनि पाएँ ।
गाडीभित्र यताउती हेरें । भुसतिघ्रेहरू थिए, बलिया बलिया । कसैलाई अनुरोध गर्न पनि सकिनँ । अलि पर एकजना झरेपछि आमाका लागि सिट रोक्न हात लम्काएँ । कोही उर्लियो, “कहिले देखि म यहाँ सिटका लागि उभिएको छु, थाह छ?” मानवता भगवान बुद्धलाई दाइजो ।
लखतरान परेर सम्पूर्णानगर झर्दा भारतको एउटा नमुना देखें । खूबै बिकास गरेको भन्नेमा शङ्का रहेन । अर्को बसमा बसाइँ पुगियो, र लाग्यो उकालो पुनरबासतिर । मामा लिन आउनुभएछ, साइकल लिएर । दुवैपट्टिका सामान साइकलमा राखियो, अरु सबै पैदल । जङ्गल काटेर सीमानामा पुग्दा मामाले पर तिर देखाएर भन्नुभो, “ऊऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ त्यो परको रुख छ नि भान्जा, अस्तीसम्म त्यहाँ थियो सिमाना । ”
घर पुग्दा इतिहाससँग थाकेको अनुभूतिले लथ्रक्कै परियो ।
(मधुपर्क, चैत २०६८)

संसाका सबै पुस्तकहरूको शीर्षक “आमा” राखिए पनि, र तिनीहरूले आमाकै बारेमा लेखे पनि आमाबारे भन्न बाँकी धेरै, धेरै कुरा रहने नै छन् ।................mind blowing thing.. i ever read!!
ReplyDeletefeeling good to knowing about this blog and feeling much good to seeing your travel writing of my district kanchanpur.....
ReplyDeletemind blowing sir!!
ReplyDelete